
भोजपुर १८ बैशाख । भोजपुरको अरुण गाउँपालिका २ चम्पेमा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाट गरिएको छ । केन्द्रको उद्घाटन जिल्ला समन्वय समिति प्रमखु लक्ष्मण खड्का र वडा न २ चम्पेका वडाध्यक्ष भुपेन्द्र रानामगरले संयुक्त रुपमा गरेको हुन् । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले आयुर्वेद चिकित्सा प्रति जनताको आक्रषण बढेको बताए ।
दुर्गम क्षेत्रका नागरिकलाई सहज रुपमा आयुर्वेदीक सेवा पुर्याउने उदेश्यले सेवा केन्द्र सञ्चालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरका प्रमुुख डाक्टर केनिन राईले वताए । जिल्लाका सात पालिकाहरुमा सेवा केन्द्रको स्थापनना भई सकेको र बाँकी दुई पालिका पछि छिटै विस्तार गरिने राईले बताए । उद्घाटकै अवसरमा आयुर्वेदिक शिविर समेत सञ्चालन गरिएको छ । शिविरबाट दुई सय ६ जनाले सेवा लिएको जिल्ला आयुर्वेद कार्यालय भोजपुरले जनाएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुर र अरुण गाउँपालिकाको समन्वयमा केन्द्रको स्थापना गरिएको हो ।