भोजपुर, ४ बैशाख । एमाले भोजपुरले तीन स्थानीय तहको प्रमुख र दुई स्थानीय तहमा उप प्रमुख सर्वसम्मत उम्मेदवार तय गरेको छ । भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकामा सम्बन्धित कमिटीले आज प्रमुखको उम्मेदवार र दुई स्थानीय तहमा उप– प्रमुख सर्वमम्मत छानेको एमाले भोजपुरका उपाध्यक्ष मकर खड्काले जानकारी दिनुभयो ।
एमालेले भोजपुर नगरपालिकाको मेयरमा भरत कुमार तामाङ र उपमेयरमा निर्मला शेर्पालाई अघि बढाएको छ । त्यस्तै टेम्कैमैयुङ गाउँपालिकामा हालका गाउँपालिका अध्यक्ष ध्रुवराज राईलाई पुनः उम्मेद्धवार बनाउने निर्णय गरिएको छ । टेम्केमैयुङको उपाध्यक्षमा रमा राईलाई उम्मेद्धवार बनाउन सिफारिस गरिएको छ । रमा हाल जिल्ला समन्वय समिति भोजपुरकी सदस्य हुनुहुन्छ ।
९ ओटा स्थानीय तह रहेको भोजपुरमा हालसम्म अरु कुनै पनि दलले उम्मेदवारको टुङ्गो लगाएका छैनन् । पाँच दलिय गठबन्धनमा पदको विषयमा किचलो देखिएको छ