
यूएई, २९ असार । कृषि क्षेत्रमा लगानी गर्न नेपालले ओमानलाई प्रस्ताव गरेको छ ।
ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले त्यहाँको सरकारका कृषि तथा माछापालन मन्त्री डाक्टर हामिद साइद अल औफीलाई भेटेर लगानीको प्रस्ताव गरेका हुन् ।
नेपालको तर्फबाट राजदूत ढकालले राखेको प्रस्तावलाई ओमानले सकरात्मक रुपमा लिएको र दुई देशको आपसी हितमा काम गर्न ओमान सधैं तयार रहेको मन्त्री औफीले बताए ।
नेपालमा कृषि क्षेत्रमा पर्याप्त सम्भावना रहेको र अर्गानिक रुपमा कृषिजन्य उत्पादन गर्न सके विश्व व्यापारिकरणमार्फत बजार पाउने भएकाले पनि ओमानलाई लगानी गर्न राजदूत ढकालले प्रस्ताव गर्नु भएको छ ।
भेटमा नेपालमा कृषि तथा जडिबुटी , फलफूल र तरकारी उत्पादनको सम्भाब्यताबारे पनि कुराकानी भएको थियो ।





















