
मोरङ, २९ असार । एक नम्बर प्रदेश सरकार मन्त्रिपरिषदको आइतबार बसेको बैठकले बाढी, पहिरो र डुबानबाट ज्यान गुमाएकाहरुको परिवारलाई दुई(दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
प्रदेशभर अविरल वर्षाको कारण गएको पहिरो बाढी र डुबानबाट भएको ठुलो जनधनको क्षति प्रती प्रदेश सरकारले दुख ब्यक्त गर्दै सो निर्णय गरेको हो ।
त्यस्तै प्रदेश सरकारले घाइतेहरुको सरकारी अस्पतालमा उपचारको सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए। घाइतेको निजी अस्पतालमा उपचार गरे बापत बढिमा ५० हजार रुपैयाँसम्म सरकारले भुक्तानी गर्ने पनि प्रदेश सरकारले निर्णय गरेको छ ।
बैठकमा उद्धार, राहत, पुनःस्थापना र बेपत्ताको खोजीका लागि सबै पक्षसँग अपिल गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले बताए ।





















