भोजपुरमा लोकतान्त्रिक र बाम गठबन्धनद्धारा चुनावि कार्याक्रमलाई तिब्रता


भोजपुर, १८ कातिृक ।
जिल्लाको विभिन्न ठाउमा लोकतान्त्रिक र बाम गठवन्धनले चुनावी कार्यक्रम सम्पन्न गरेको छ । यसै विच भाजपुरको पूर्वी पौवादुम्मा गाउँपालिकामा नेकपा एमाले र माओवादि केन्द्रको बाम गठबन्धनले चुनावी सभा सम्पन्न गरेको छ । सभाले आफ्ना उमेदवारलाई भारी वहुमतले विजयी गराउनको लागि दुवै पार्टी कार्यकर्तालाई निर्वाचनको प्रचार प्रसारमा लाग्न आग्रह गरेको छ ।

जिल्लाको विकास र देशको समृद्धिका लागी बाम गठबन्धननै आवश्यक भएकोले गठबन्धनलाई जिताउन समेत उम्मेदवारले आग्रह गरेका छन् । कार्यक्रम माओवादि केन्द्रका गाउँपालिका इन्चार्ज शैलेन्द्र भुजेको अध्यक्षतामा कार्यक्रम भएका हो । सभालाई पूर्व सञ्चार मन्त्री पोलिटव्युरो सदस्य एवं पदेश सभा तर्फ भोजपुर क्षेत्र नं २ का प्रत्येक्ष उमेदवार शेरधन राइ, माओवादी केन्द्रका नेता, पुर्व सासद, एवं प्रतिधिनि सभाका प्रत्यक्ष तर्फका उमेदवार सुदन किराती, नेकपा एमाले, केन्द्रिय सदस्य एवं भोजपुर क्षेत्र नं १ का उमेदवार राजेन्द्र कुमार राई पूर्व सांसद जयन्ती राई लगाएतका नेता तथा कार्यकर्ताले सम्बोधन गर्नु भएको थियो ।

त्यस्तै लोकतान्त्रि गठवन्धनले पनि हतुवागढी गाउपालिका १ घोरेटारमा चुनावी सभा सम्पन्न गरेको छ । चुनावी सभामा प्रतिनिधि सभाका उमेदवार उमेशजंग रायामाझी, प्रदेश सभा तर्फ भोजपुर क का उमेदवार अजम्वर राई काङमाङ भोजपुर (ख) उमेदवार गोविन्द वहादुर कार्की, पुर्व उद्योग मन्त्री हेमराज राई,लगाएतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार