समाज परिवर्तनमा युवाको सकृयता : विहानी एफसीको उदाहरणीय अभियान


युवराज विष्ट
भोजपुर, १७ कात्तिक ।
भोजपुरका एक युवाहरुको समूहले देखाएको सामाजिक जागरण र समर्पण अहिले जिल्लामा प्रेरणाको विषय बनेको छ। विभिन्न पेशा–व्यवसायमा आवद्ध ती युवाहरुले आफ्नो व्यस्त जीवनका बीच पनि समाजका लागि केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्।
करिब ७० जना युवाहरुको सक्रिय सहभागितामा गठित ‘विहानी फुटबल क्लब’ले खेलकुदसँगै सामाजिक सेवामा पनि उत्कृष्ट योगदान दिइरहेको छ। उनीहरुले सहिद पार्क, देउराली पार्कलगायतका स्थानमा दर्जनौँ राष्ट्रिय झण्डा राख्दै, ती झण्डाको नियमित हेरचाह र फेरबदल गर्ने काम निरन्तर गर्दै आएका छन्।
क्वलका सचिव रिपेश भुजेलका अनुसार युवाहरु स्वगस्फूर्त रुपमा रकम संलकन गरेर सामाजिक काम गर्दै आएका छन् । त्योसँगै देउसी भैलो खेलेर संकलित रकमबाट पनि सामाजिक काम गर्दै आएको भुजेलले जानकारी दिनुभयो ।
“हामी करिव ७० जना युवा मिलेर यहाँको सामाजिक काम जुटेका छौँ” सचिव भुजेलले भन्नुभयो,“यहाँका अधिकांश सामाजिक काममा हाम्रो संलग्नता छ । समाजमा केहि उदाहरणीय काम गरौँ भनेर हामी एकजुट भएका हौँ ।”


युवाहरुले हरेक वर्ष बजार क्षेत्रको सरसफाईदेखि डेङ्गी नियन्त्रणसम्मका अभियानहरू सञ्चालन गर्दै आएका छन्। बजार क्षेत्रमा विषादी छर्ने, सरसफाई सचेतना फैलाउने, र सार्वजनिक स्थलहरू सफा राख्ने काममा उनीहरूको अग्रणी भूमिका रहँदै आएको छ।
सामाजिक उत्तरदायित्वलाई खेलकुदसँग जोड्दै अघि बढेको ‘विहानी फुटबल क्लब’ अहिले भोजपुरको युवा शक्ति र एकताको प्रतीक बनेको छ। युवाहरूको यो सामूहिक प्रयासले स्थानीय समाजमा सकारात्मक सोच, स्वच्छ वातावरण र एकताको भावना फैलाउँदै गएको स्थानीय जानकारको बुझाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार