भोजपुरमा सवारी नियम उलङ्घन गर्ने ८ सय वढी सवारी साधनलाई कारवाही


भोजपुर, १४ कार्तिक ।
भोजपुरमा सवारी नियम उलङ्घन गर्ने ८ सय ४० सवारी साधन कारवाहीमा परेका छन् । जिल्ला हुने सम्भावित दुर्घटनालाई ध्यानमा राखेर चेक जाँचमा कडाई गरेसंगै कारवाहीमा पर्ने सवारी साधनको संख्या वढेको अस्थायी ट्राफिक प्रहरी पोष्ट भोजपुरले जनाएको छ । सवारी साधनलाई कारवाही गरे वापत ५ लाख ८ हजार ५ सय जरिवाना असुल गरेको ट्राफिक प्रहरी इन्चार्ज रन्जन गुरुमैचाले जानकारी दिए ।

प्रहरीले गत आर्थिक वर्ष देखि यो आर्थिक वर्षको ३ महिनाको अवधीमा सो वरवारको जरीवाना संकलन गरेको हो । सवारी नियम उलङ्घन गर्नेबाट प्रकृतिहेरी प्रहरीले ५ सय देखि १५ सय सम्म जरीवाना लिने गरेको छ । सवारी नियम उलङ्घन गर्नेमा बढीमा मात्रामा ट्याक्टर मोटर साईकल रहेको ट्रफिक प्ररहीको भनाई छ । एउटै सवारी एक महिनामा ३ देखि ४ पटक सम्म कारवाहीमा पर्ने गरेको प्रहरीले जनाएको छ । जिल्लामा हाल ४ जना ट्राफिक प्रहरीले सवारी चेक जाँचको काम गरिरहेका छन् । ट्राफिक प्रहरीले सदरमुकामसंगै तिवारी, भञ्याङ्ग लगाएत विभिन्न ठाँउमा चेक जाँचको व्यावस्था मिलाएको जनाएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार