• लकडाउन जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोभिड(१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने ...

  • कोभिड–१९ : भोजपुर पौवादुङमाका युवाहरु समिति गठन गरेर सीमा सुरक्षा गर्दै

    भोजपुर, २० बैशाख । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न भोजपुरको पौवादुङमा गाउँपालिकाका युवाहरु आफै सीमा सुरक्षामा खटिएका छन् । युवाहरुले समन्वय समिति गठन गरेर गाउँपालिका प्रवेश गर्ने सबै नाकाको सुरक्षाको लागि खटिएका हुन् ।  गाउँपालिका प्रवेश गर्ने प्रमुख नाकाहरु फत्तेपुर, प्याक्ला बेँसी, मानेडाँडा, कावा, चौकीबारी...

  • (भिडियो सहित) पौवादुङमा गाउँपालिकाद्धारा दुई महिना खान पुग्ने गरि २६ सय परिवारलाई राहत वितरण

    भोजपुर, १९ वैशाख । भोजपुरको पौवादुङमा गाउँपालिकाले कोरोना भाइरसका कारण समस्यामा परेका परिवारलाई राहत वितरण गरेको छ । गाउँपालिकाले आफ्नो क्षेत्रका दुई हजार ६ सय बढी परिवारलाई दुई महिना सम्म खान पुग्ने गरि राहत वितरण गरेको हो । लकडाउनसंगै विगतका दिनमा भएको सुख्खा खडेरी, बाढी पहिरो, अमेरिकन फौजी किराको प्रकोपबाट पीडित भएक...

  • पौवादुङमा गाउँपालिकाद्वारा राहत वितरण सुरु

    भोजपुर १६ बैशाख । पौवादुङमा गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि प्रभावित बनेका गाउँपालिका वासीलाई राहत वितरण गर्न सुरु गरेको छ ।कार्डाललयले गाउँपालिका भित्रका अतिविपन्न, असाहय, मजदुरवर्ग, विगतका दिनमा भएको सुख्खा खडेरी, बाढी पहिरो, अमेरिकन फौजी किराको प्रकोप लग...

  • पौवादुङमा गाउँपालिकाले विभिन्न ठाउँमा अलपत्र परेका आफ्ना नागरिकको उद्धार गर्ने

    भोजपुर, १५ वैशाख । भोजपुरको पौवादुङमा गाउँपालिकाले लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र परेका नागरिकको उद्धार गरेर गाउँपालिका ल्याउने भएको छ । गाउँपालिकाले निर्णय नै गरेर काठमाण्डौ, विराटनगर, इटहरी धरान लगाएतका ठाउँमा अलपत्र परेका आफ्ना नागरिकलाई २१ दिन होम क्वारेन्टाइनमा बस्ने सर्तमा गाउँपालिका ल्याउने व्यवस्था गर्न ला...

  • भोजपुरमा भिरबाट लडेर एक जनाको ज्यान गयो

    भोजपुर,१४ वैशाख । भोजपुरको पौवादुङमा गाउँपालिका – ४ कात्तिके बस्ने ५४ बर्षीय बल बहादुर कार्कीको भिरबाट लडेर मृत्यु भएको छ । हिजो बेलुका ८ बजे आफ्नै खेतबाट पराल बोकेर घर तर्फ आउदै गरेका कार्कीको बिच बाटोमा परालको भारी बिसाउने क्रममा एक्कासी भिरबाट करिब ३५ मिटर तल झरेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ...

  • कोरोनाको कारण प्रदेश– १ मा आत्तिनु पर्ने अवस्था छैन : मुख्यमन्त्री राई

    भोजपुर, १४ वैशाख । मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसका कारण प्रदेश नं १ मा आत्तिनु पर्ने अवस्था नरहेको बताए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले समयमै पूर्वतयारी गरेको बताउँदै राईले कसैलाई पनि कोरोनाको त्रासमा नपर्न अनुरोध गरेका छन् । भोजपुरको हतुवागढी गाउँपालिकाको कोरोना संक्रमित फेला परेको ठाउँको ...

  • हतुवागढीमा कोरोना पुष्टिभएसंगै पौवादुङमा गाउँपालिका प्रवेशमा रोक

    भोजपुर,१२ वैशाख । भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना संक्रमित भेटिएपछि हतुवागढीसंग सीमा जोडिएका स्थानीय तहका नाकामा कडाई गरिएको छ । पौवादुङमा गाउँपालिका–६ ठुलोदुङमा र हतुवागढी गाउँपालिकाको होम्ताङको सीमाना पर्ने मार्ताङ नाकामा सुरक्षा व्यवस्थामा कडाई गरिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । त्य...

  • भोजपुरमा आरडिटी पोजेटिभ युवकको सम्पर्कमा रहेका पाँच जनाको रिपोर्ट नेगेटिभ

    भोजपुर, १० वैशाख । भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना भाइरस आरडिटीमा पोजेटिभ देखिएका युवकको सम्पर्कमा रहेका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ पाइएको छ । उनका बुवा, भाइ र अन्य तीन साथीको बुधबार आरडिटी गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख फडिन्द्र थापाले जानकारी दिए । गत फागुन ३० गते साउदी अरब...

  • प्रदेश एक मा आजसम्म एक हजार ८ सय ९७ व्यक्तिको कोरोना परीक्षण

    विराटनगर ६ बैसाख । प्रदेश १ मा शनिबारसम्म एक हजार ८ सय ९७ व्यक्तिको कोरोना परीक्षण भएको छ । दू्रत परीक्षण विधि(आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट उनीहरुको परीक्षण भएको हो । सबैभन्दा बढी आरडिटी विधिबाट एक हजार ५ सय २६ को नमूना परीक्षण भएको छ । यो विधिबाट परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको छ । आज सुनसरीको हरिनगर...