• अन्तरवार्ता – अहिलेको प्राथमिकता जनता बचाउनु हो, हामीले राहत दिँदा अरुलाई किन चिन्ता ?

    भोजपुर, १७ जेठ ।  भोजपुरको पौवादुङमा गाउँपालिकाले कामको शिलसिलामा जिल्ला वाहिर रहेका नागरिकको तथ्याङ्क संकलन थालेको छ । गाउँपालिकाले बाहिर रहेका नागरिकलाई उनीहरु बसेकै स्थानमा राहत वितरण गर्ने लक्ष्यका साथ तथ्याङ्क संकलन थालेको गाउँपालिकाले जनाएको छ । https://youtu.be/u2pzJe6HUvU?t=13 काठमाण्डौ उपत्यका, झापा, मोरङ,...

  • भोजपुरका दलित अगुवाले विरोध ¥याली सहित बुझाए ज्ञापन पत्र (विज्ञप्ती सहित)

    भोजपुर, १६ जेठ । अन्तरजातिय विवाहको विषयलाई लिएर रुकुम जिल्लामा भएको सामुहिक हत्याको विरोध गर्दै भोजपुरका दलित अगुवाहरुले विरोध ¥याली सहित ज्ञापन पत्र बुझाएका छन् । गत शनिबार अन्तर जातिय विवाहलाई लिएर जाजरकोट जिल्लाका नवराज विक सहित अन्य ५ जनाको गाउँलेले कुटपिट गरी हत्या गरेको विषयमा दोषीलाई कारवाहीको माग गर्दै उनीहरु...

  • सेनको स्मृति दिवसमा प्रेस संगठन भोजपुरद्धारा मास्क र सेनेटाइजर वितरण

    भोजपुर, १३ जेठ । प्रेस संगठन नेपाल भोजपुरले कृष्ण सेन‘इच्छुक’ को १८ औं स्मृति दिवसको अवसरमा पत्रकार तथा सञ्चार गृहलाई सेनेटाइजर र मास्क वितरण गरेको छ । स्मृतिको अवसरमा कोरोना भाईरस(कोभिड–१९) कारण अन्य कार्यक्रम गर्न सम्भव नभएकोले पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको संगठनका भोजपुर संयोजक राजन राईले जानकारी दिए ...

  • भोजपुरका ६७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

    भोजपुर, ९ जेठ । भोजपुरका ६७ जनाको पिसिआर रिपार्ट नेगेटिभ आएको छ । बढी मात्रामा जनसम्पर्कमा रहने स्वाथ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारसंगै बढी मानिसहरुको भिडभाड हुने बजार क्षेत्रका व्यापारीहरुको स्वाब संकलन गरेर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय भोजपुरमा...

  • भोजपुरमा नदिले बगाउँदा युवकको ज्यान गयो

    भोजपुर, ८ जेठ । भोजपुरको आमचोक गाउँपालिकामा नदिले बगाउँदा एक युवकको ज्यान गएको छ । वडा नं – ९ घर भएका स्थानीय २१ वर्षीय अशोक श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पौडी खेल्ने क्रममा बेपता भएका श्रेष्ठको सव खोजी गर्ने क्रममा बुधवार नदि किनारमा फेला परेको थियो । उनको सवलाई आवश्यक प्रक्रिया पुरा ...

  • भोजपुरमा सवारीपास दुरुपयोग गर्नेलाई कारवाही

    भोजपुर, ७ जेठ । जिल्ला प्रशासन कार्यालय भोजपुरले लकडाउनको समयमा सवारी पास लिएर गलत प्रयोग गर्ने माथी कडा निग्रानी बढाएको छ । प्रशासनले अत्यावश्यक कामका लागि भन्दै सवारी पास लिएर दुरुपयोग भएको जन गुनासो आएपछि छड्के अनुगमन थालेको हो । दैनिक उपभोग्य वस्तु ढुवानीका साधन, निर्माण कार्यमा प्रयोग हुने सवारी साधन, बैंक तथा सरक...

  • लकडाउनमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पौवादुङमा गाउँपालिकाले दिन्छ ‘दैनिक भत्ता’

    भोजपुर, ५ जेठ । भोजपुरको पौवादुङमा गाउँपालिकाले लकडाउनको समयमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई दैनिक खाजा भत्ता  वितरण गर्दै आएको छ । कार्यस्थलमा दिनरात खटिएका उनीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ भत्ता वितरण थालिएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले बताईन । उपाध्यक्ष राईले भनिन्,‘कार्यस्थलमा दिनरात खट्ने स...

  • मोडालिटी परिवर्तन सहित लकडाउन थपिने

    काठमाडौं,२ जेष्ठ । कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ ।समितिको शुक्रबार बसेको बैठकलमा जेठ पाँच गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा छलफल भएको छ । समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा ...

  • भोजपुरमा चट्याङले पाँच जना घाइते

    भोजपुर, ३० वैशाख । अबिरल वर्षातसंगै आएको चट्याङले आज (मंगलबार) दिउँसो भोजपुरको पौवादुङमा गाउँपालिकामा पाँच घाइते भएका छन् । घाइते हुनेमा वडा नं–२ तिवारीभञ्याङका स्थानीय ३५ वर्षीय टिकाराम खड्का, उनकी १२ वर्षीय छोरी अस्मीता खड्का, ६१ वर्षीय रामकुमारी खत्री, ३२ वर्षीय दिनेश खत्री र ३० वर्षीय दिपक दर्जी रहेको जिल्ला प्रह...

  • कोरोना त्रास : भोजपुरमा एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीले पाउदैन् बास

    भोजपुर २८ बैशाख । विश्व नै कोरोना भाइरसबाट प्रभावित छ । मानिसहरुमा यसको क्रास बढेको छ । त्रास बढेकै कारण उनीहरुले अमानवीय व्यवहारसमेत देखाउने गरेका छन् । अहिले भोजपुरमा कोरोनाको उपचारमा खटेका चिकित्सक र एम्बुलेन्स चालकले बाससमेत पाउन छाडेका छन् । कोरोनाको आशङ्कामा बिरामीलाई बोकेर अस्पतालमा पु¥याएको थाहा पाएमा बास बस्न ...