भोजपुर १६ बैशाख । पौवादुङमा गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि प्रभावित बनेका गाउँपालिका वासीलाई राहत वितरण गर्न सुरु गरेको छ ।कार्डाललयले गाउँपालिका भित्रका अतिविपन्न, असाहय, मजदुरवर्ग, विगतका दिनमा भएको सुख्खा खडेरी, बाढी पहिरो, अमेरिकन फौजी किराको प्रकोप लगाएत कारणसंगै कोरोना भाइरसलाई मध्ये नजर गर्दै सामान्य रुपमा दुई महिना सम्म खान पुग्ने गरी करिव ३ हजार विपन्न परिवारलाई राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।
गाउँपालिकाले ६ वटै वडाका विभिन्न टोलबाट समय तालिका निर्धारण गरि राहत वितरण सुरु गरेको छ । (आज) मंगलबारबाट सुरु गरि शुक्रबार सम्म सवै घरपरिवारलाई राहत वितरण गरिसक्ने अध्यक्ष राईले बताए । त्यस्तै प्रत्येक घरपरिवारलाई ५० केजी चामल , दुई केजी नुन र साबुन राहत वितरण गरिएको छ ।
अध्यक्ष राईले भने, ‘हामीले यहाँका गरिव तथा विपन्न घरपरिवारको तथ्याङक संकलन गरेर गाउँपालिकाका सवै वडाबाट रात वितरण कार्य सुरु गरेका छौ, कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रत्येक दिन समय तालिकाको अधारमा सामाजिक दुरी कायम गरेर राहत वितरण गरिने छ ।’