• विराटनगरमा हुण्डीको कारोबार गर्ने चार पक्राउ

    मोरङ, ११ माघ । प्रहरीले विराटनगरमा अवैध हुण्डीको कारोबार गर्ने चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा मोरङ बिराटनगर ७ बस्ने सुदर्शन साह, विराटनगर ११ बस्ने निरन्जन कुमार साह, साविक सोराभाग गाविस ८ घर भई विराटनगर ६ बस्ने सन्तोष कुमार रौनियार विराटनगर १७ बस्ने साकिब आलम रहेका छन्।   उनीहरुलाई व...

  • कांग्रेस भ्रातृ संगठनमा विवाद चुलियो

    काठमाडौ, ३ माघ । नेपाली कांग्रेसका प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल महिला संघभित्रको आन्तरिक विवाद तीव्र बन्न पुगेकोछ । यी संगठनका पदाधिकारीहरु स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भ्रातृ संगठन परिचालन नभएको भन्दै एकअर्कामाथि दोष थुपार्न सक्रिय छन् ।महाधिवेशन भएको एक वर्ष बढी हुँदास...

  • कांग्रेस संस्थापनविरुद्ध निरन्तर दबाब , कार्यसम्पादन समिति विघटन माग

    काठमाण्डौ २ माघ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानविपरीत गठन गरिएको पार्टीको संसदीय समिति र कार्यसम्पादन समिति विघटन गर्न पार्टी सभापतिसँग माग गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा सोमबार भएको बालुवाटार बैठकमा वरिष्ठ नेता पौडेलले विधानविपरीत बनाइएको संसदीय समिति र कार...

  • पूर्वसांसदको सिफारिसमा १० अर्ब खर्च नगर्न सर्वोच्चको आदेश

    काठमाडौं १ माघ । पूर्व सांसदहरुको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र निर्वाचन क्षेत्र विकास कोषको रकम खर्च नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । चुनाव सकिएपछि सरकारले विघटित संसदका सदस्यहरुको सिफारिसमा रकम खर्च गर्न परिपत्र गरेको थियो । यसो भएमा झण्डै १० अर्ब खर्च हुने थियो । तर, न्यायाधीशद्वय ईश...

  • पुलबाट झरेर दुई जनाको ज्यान गयो

    बेनी,२५ पौष । म्याग्दीको रघुगंगा गाउँपालिका(१ बेगखोलामा निर्माणधीन झोलुंगे पुलबाट खसेर सोमबार साँझ दुई मजदुरको ज्यान गएको आजको अन्नपुर्ण दैनिकमा समाचार छ । निर्माणधीन अवस्थामा रहेको पुलबाट खस्दा कैलाली जिल्लाको महोन्याल गाउँपालिका(५ का धनबहादुर क्षत्री र सोही गाउँपालिकाका(४ का पुरन थापाको ज्यान गएको वडाअध्यक्ष बिलबहाद...

  • स्थानीय तह अनुगमनको जिम्मा सहसचिवलाई, प्रदेश नं एकमा को ?

    काठमाडौं,२४ पौष । स्थानीय तह सञ्चालन तथा कार्यान्वयनमा देखिएको कानुनी अन्योल समाधान र सहजीकरण गर्न सरकारले सहसचिवस्तरका कर्मचारी परिचालन गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनमा सहजीकरण तथा समन्वय गर्न सातवटै प्रदेशमा सहसचिव तहका कर्मचारी तोकेको हो । सहसचिवले आफ्नो प्रदेशभित्रका स्थ...

  • भाइरलका बिरामीलाई धामीझाँक्री, ९ जनाको ज्यान जाँदासम्म स्वास्थ्यकर्मी पुगेनन्

    जाजरकोट २३ पौष । एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले जिल्लामा नौजनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् । स्वास्थ्य संस्था वडकुलेमा भाइरल र रुघाखोकीका बिरामीको उपचार गर्दागर्दै औषधि नै सकिएको संस्थाका प्रमुख हरिबहादुर सिंहले बताए । ‘जिल्लाबाट पठाएको औषधि र स्व...

  • अझै पनि ४८ स्थानीय तहसडक विहीन , स्थानिय तहको सुचि सहित

    काठमाडौ, २२  पौष । सरकारले देशभरका मुख्यमुख्य गाउँ र वडालाई सडक सञ्जालले जोड्ने घोषणा गर्दै आएको भए पनि ४८ स्थानीय तहमा  मोटरबाटो पुगेको छैन । ३७ जिल्लाको २ सय ५९ वडामा पनि सडक सञ्जाल पुगेको छैन । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडा) का अनुसार १५ जिल्लाका तीन नगरपालिकासहित ४८ स्थानीय तह सडक सञ्जालसँग ज...

  • अमेरिका बसेर जाजरकोटमा जागिर खाने डाक्टर

    जाजरकोट सुन्दै अचम्म लाग्न सक्छ, अमेरिका बसेर जाजरकोटमा जागिर कसरी सम्भव होला , तर जिल्ला अस्पताल जाजरकोटमा कार्यरत मेडिकल अधिकृत डाक्टर निशराज बस्नेतले विगत एक बर्षदेखि अमेरिका बसेर यहाँको सरकारी जागिर गरिरहेको पाइएको छ ।स्थानीय प्रशासनले छड्के अनुगमन गर्दा यस्तो अनियमितता फेला परेको हो । उनी गत बर्ष अमेरिका गएका हुन्...

  • बालुवाटारमा सर्वदलीय बैठक बस्दै, यस्तो छ छलफलको एजेण्डा

    काठमाडौं २० पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले दोस्रोपटक सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठक प्रदेश प्रमुख तथा स्थायी राजधानी तोक्ने विषयमा केन्द्रित हुने बताइएको छ । सरकारले प्रदेश राजधानीको अस...