रामप्रसादराई गाउँपालिकाद्धारा भोजपुरका कैदीबन्दीलाई सोलार सेट हस्तान्तरण


भोजपुर, १७ बैशाख । जिल्ला कारागार कार्यालय भोजपुरका कैदीबन्दी रामप्रसादराई गाउँपालिकाले सोलार सेट हस्तान्तरण गरेको छ कारागारमा रहेका कैदीबन्दीको सहजताको लागि गाउँपालिकाले सोलार सेट वितरण गरेको हो । विद्युत् अवरोध भएको समयमा वैकिल्पिक श्रोत लागि गाउँपालिकाले रु.७० हजार बराबरको सोलार सेट वितरण गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राई निर्माणले जानकारी दिनुभयो । कैदीबन्दी तथा कारागार कार्यालयले गाउँपालिकामा माग गरे अनुसार राम्रो क्षमताको सोलार सेट वितरण गरेको उहाँको भनाइ । वितरण गरिएको सोलारको सहिपदुयोगको लागि ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
“विद्युत अवरोध भएको समयमा पनि कैदीबन्दीलाई उज्यालोमा बस्ने वातावरण निर्माणको लागि सोलार वितरण गरेका हौँ” अध्यक्ष राईले भन्नुभयो,“माग भएअनुसारको सोलार वितरण गरेको छौँ । यसको सहिसदुयोगको लागि अनुरोध गर्दछु ।”
गाउँपालिकाले आवश्यकताको आधारमा माग भएअनुसार विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले सोलार वितरणले सहजता भएको कारागार कार्यालयका चौकीदार भिमसेन राईले बताउनुभयो । विद्युत अवरोध भएको अवस्थामा निकै समस्या हुने गरेकोले सोलार जडान पश्चात सहजता हुने उहाँको भनाइ छ ।
कारागार कार्यालय भोजपुरमा चार महिला, एक आश्रित नावालिक र एक सय तीन पुरुष गरी एक सय आठ जना कैदीबन्दी रहेको जेलर केशवप्रसाद खनालले जानकारी दिनुभयो । कार्यालयको अनुरोधलाई स्विकार गरेर गाउँपालिका गरेको सहयोगले कामकाजमा सहजता हुने उहाँको भनाइ छ ।
फोटो पनि छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार