पब्लिक अडिटमा पास भएकालाई मात्र एमालेको नेतृत्व : एमाले नेता शेरधन राई


भोजपुर, २० बैशाख । नेकपा (एमाले) स्थानीय कमिटी सदस्य तथा पूर्व मुख्यमन्त्री शेरधन राईले पब्लिक अडिटमा पास भएकाले मात्र एमालेको नेतृत्व पाउने बताउनु भएको छ । नेकपा (एमाले) भोजपुरको नवौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै राईले यस्तो बताउनु भएको हो । राईले भोजपुर जिल्लाको हकमा एमालेको लोभलाग्दो इतिहास रहेकोले त्यसलाई कायम राख्ने खालको नेतृत्व चयनमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । “एमाले भोजपुरको इतिहास गर्विलो छ”उहाँले भन्नुभयो, “यहाँ हुने कामहरु प्रायः एमालेको अनुवाईमा हुने गरेको थियो । तर पछिल्लो समयमा पार्टीको आन्तरिक जीवन खस्किदो अवस्थामा छ । अवको नेतृत्व चयन गर्दा पब्लिक अडिटमा पासका भएकाहरुलाई मात्र एमाले जिम्मेवारी सुम्पिएर अघि बढ्ने छ ।”

एमालेको नाममा अराजक समुहको गतिविधि बढेकोले पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउन सक्ने नेतृत्व चयनमा ध्यान दिन प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । पार्टीलाई कमजोर बनाउने तथा निर्वाचनहरुमा अन्तरघात गर्न लाग्नेहरुप्रति निर्मम भएर अघि बढ्न आवश्यक रहेको उहाँको भनाइ छ । अधिवेशन नयाँ नेतृत्व चयनको लागि बिहिबार र शुक्रबार सञ्चालन हुने छ । अधिवेशनबाट एमाले भोजपुरको नयाँ कमिटी चयन हुनेछ । नयाँ कमिटी चयनको लागि भोजपुर जिल्लाका ८१ वडाबाट ६०८ जनाको प्रतिनिधित्व रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार