कर्मयोगी ध्यानबहादुर राई पुस्तकको तोकार्पन


भोजपुर, २५ बैशाख । भोजपुरमा कर्मयोगी ध्यानबहादुर राई पुस्तकको तोकार्पन गरिएको छ । राजनितिज्ञ तथा समाजसेवी राईले समाजमा पु¥याएको योगदानलाई समेटर तयार गरिएको पुस्तकको मंगलबार एक कार्यक्रमका बीच लोकार्पन गरिएको हो ।

टेम्केमैयुङ गाउँपालिका २ छिनामखुमा वि.स. १९६९ जन्मिनु भएका राईको विषयमा उहाँका जानकारहरुले पुस्तकमा आफ्नो धाराणा राखेका छन् । त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरको आयोजनामा भएको कार्यक्रममा बक्ताहरुले जिल्लाको विकास तथा समाज सुधारको लागि राईले खेलेको भूमिकाका विषयमा आफ्नो धाराणा राखेको थिए । राईको २०५४ चैतमा मृत्यु भएको थियो ।

कार्यक्रममा ध्यानबहादुर राईको सन्दर्भमा महेन्द्रमणी राई, अग्रज साहित्य सर्जक शेरबहादुर मोक्तान, भोजपुर बहुमुखी क्याम्पसका प्रमुख भुलानाथ राई, भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले, नेकपा (एमाले) भोजपुरका अध्यक्ष मक्कर खड्का, जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ्ग, पूर्व अर्थ मन्त्री तथा साहित्यकार शंकरप्रसाद कोइराला लगाएतले आ-आफ्नो धारणा राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार