सांसद वान्तावाद्धारा भोपुरका अग्नि पीडित दश परिवारलाई सहयोग रकम हस्तान्तरण


भोजपुर, १८ बैशाख । भोजपुरका दश परिवार अग्नि पीडितलाई नगद रकम हस्तान्तरण गरिएको छ । पीडित परिवारलाई विदेशमा रहेका नेपालीबाट संकलित रु.दुई लाख ८३ हजार ८१० रुपैँया हस्तान्तरण गरिएको हो । गत चैत ३ गते भएको भोजपुर नगरपालिका १२ टक्सारका पाँच परिवार र बैशाख ११ गते भोजपुर नगरपालिका ८ पोखरेका पाँच परिवार अग्नी पीडितलाई प्रतिपरिवार रु. २८ हजार तीन सय ७१ का दरले कोशी प्रदेश सांसद विनोद वान्तावाले हस्तान्तरण गर्नु भएको हो ।
सांसद वान्तावाको अनुरोधमा हङ्कङमा रहेका बसन्त निरौला, भगवती राई, निलम राई, कृष्ण कुमारी राई, बाशुका राई, जर्मन बस्ने निर कुमार राई र इजाइलबाट जेनिसा राईले पठाएको सहयोग रकम हस्तान्तरण गरिएको हो ।

हङकङ भोजपुर सेवा समाजको तर्फबाट इन्द्रराज श्रेष्ठले पनि सहयोग रकम पठाउनु भएको हो । विदेशमा रहेर पनि दुःखद घडिमा सहयोग गर्ने सबैलाई सांसद बान्तावाले धन्यवाद ज्ञापन गर्नु भएको छ । “पीडितको दुःखलाई मलम लगाउनको लागि प्रवासीभूमिमा रहेर सहयोग गर्ने सवैलाई धन्यवाद दिन्छु” सांसद बान्तावाले भन्नुभयो,“मैले गरेको अनुरोधलाई स्विकार गरेर सहयोग रकम दिनुभयो । यो दुःखद घडिमा सवैले आफ्नो ठाउँबाट सहयोग गर्न आवश्यक छ ।”
हस्तान्तरण कार्यक्रमा भोजपुर नगरपालिका ५ का वडाध्यक्ष फविन्द्र प्रधान, १२ का वडाध्यक्ष देवि कार्की र भोजपुर उद्योग बाणिज्य संघका अध्यक्ष कर्ण मोक्तान लगाएतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार