बालबालिकाको लागि सजिलो शिक्षा उपयोगि


भोजपुर, २७ वैशाख । इसीडी कक्षा भर्ना हुने साना बालबालिकाहरुको लागि सजिलो शिक्षा निकै उपयोगि देखिएको छ । बच्चाहरुलाई पाठ्य पुस्तकसँगै श्रब्य,दृश्य माध्यमबाट पाठन पाठन गरिने भएकाले बालबालिकामा सिकाई उपलब्धि बढ्ने देखिएको छ । सामुदायिक विद्यालयहरुले यसको माध्यमबाट पठनपाठन गराउन सकेमा बच्चाहरुको सिकाई उपलब्धि बृद्धि हुने विज्ञयहरुको भनाइ छ । प्रारम्भिक बालविकास तथा शिक्षा पाठ्यक्रम २०७७ मा समाबेश भएका मुख्य सिकाई र सिकाईका क्षेत्रलाई समेटेर पाठ्यपुस्तक निर्माण गरिएको हो ।
पाठ्यपुस्तकमा आधारभूत सिकाईका क्षेत्र छ वटा,  विषयगत सीप सिकाईका क्षेत्र ५ वटा सीप समेटिएको छ । आधारभूत सीप सिकाईका क्षेत्रमा शरिरिक सीप, संवेगात्मक सीप, सामाजिक, साँस्कृतिक र नैतिक सीप, बौदिक तथा मानसिक सीप, स्वास्थ्य पोषण, सुरक्षा र वाताबरण सीप र सिर्जानात्मक सीपलाई समेटिएको छ । त्यस्तै विषयगत सीपमा भाषिक सीप, पूर्वगणितिय सीप, दृश्यकला, कार्यतरिका र सिर्जनशीलता, वातावरण विज्ञान र सामाजिक अध्ययनलाई समेटिएको छ ।
भिडियो सामग्री

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार