एमाले भोजपुरको अध्यक्षमा मक्कर खड्का


भोजपुर,२३ भोजपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्कर बहादुर खड्का निर्वाचित हुनु भएको छ । नेकपा एमाले भोजपुरको ९ औँ अधिवेशनबाट खड्का अध्यक्षमा निर्वाचित हुनु भएको हो । खड्का तीन सय १५ मत ल्याएर अध्यक्ष विजयी बन्नु भएको हो । उहाँका प्रतिस्प्रधि पूर्व अध्यक्ष शरण कुमार र्राइले दुई सय ५३ ल्याउनु भयो । उपाध्यक्षमा तीन सय २० मत ल्याएर किरण राई विजयी बन्नु भएको छ । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन  मन्त्री कृपाशुर शेर्पालाई पराजित गर्दै उपाध्यक्षमा राई विजयी बन्नु भएको हो । शेर्पाले दुई सय १६ मत ल्याउनुभयो ।

यता सचिवमा तीन सय ४५ मत ल्याएर एक्सन राई निवाचित हुनु भएको छ । उहाँका प्रतिस्पर्धी ज्ञानेन्द्र कार्कीले एक सय ७३ मत ल्याउनुभयो । उपसचिव खुल्ला तर्फ दुई सय ९५ मत ल्याएर दौलथ कुमार कुलुङ विजयी बन्नु भएको छ । उप सचिवमा एकसय ७० मत ल्याएर जगत बहादुर चौहान पराजित हुनुभयो ।

त्यस्तै उपसचिव महिला तर्फ दुई सय ९४ मत ल्याएर रमादेवी राई विजयी बन्नु भएको छ भने उपसचिवमा दुई सय१६ मत ल्याएर मेरिका राई पराजित हुनुभयो ।

नयाँ नेतृत्व चयनका लागि भोजपुरका ८१ वटा वडाका छ सय आठ प्रतिनिधि मध्ये पाँच सय ७३ जनाले मतदान गरेका हुन् । अधिवेशनले पदाधिकारीसहित ९० सदस्य कार्यसमिति चयन गरेको हो । सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि पाँच पदाधिकारी, पाँच खुल्ला सदस्य र तीन खुल्ला महिला सदस्यमा निर्वाचन गरिएको हो ।

खुल्ला सदस्यमा पाँच पदको लागि १२ जनाको उम्मेदवारी रहेको थियो । निर्वाचनबाट दुई सय ८५ मत ल्याएर इन्द्र थापा, दुई सय ४३ मत ल्याएर रेवतीरमन थापा, दुई सय १६ मत ल्याएर बद्रीनाथ निरौला, एक सय ७७ मत ल्याएर राजेश कटुवाल र एक सय ७६ मत ल्याएर नविन प्रधान बिजयी बन्नुभयो ।

त्यस्तै महिला सदस्य तर्फ तीन वटा पदको लागि पाँच जनाको उम्मेदवारी परेको थियो । महिला सदस्यमा दुई सय ५० मत ल्याएर आशादेवी राई, दुई सय ५३ मत ल्याएर सुस्मिता राई र दुई सय २३ मत ल्याएर संगिता कडेल चौहान निर्वाचित हुनु भएको हो । अधिबेशन भोजपुर नगरपालिकाको सभाहलमा बैशाख २० गतेबाट शुरु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार