• अर्घाखाँचीमा जीप दुर्घटना २ जनाको ज्यान गयो

    अर्घाखाँची, २५ चैत्र । अर्घाखाँचीको नुवाकोटमा भएको जीप दुर्घटनामा २ जनाको घटनास्थलमै ज्यान गएको छ भने १२ जना घाइते भएका छन । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । भूमिकास्थान नगरपालिका वडा नम्बर ८ नुवाकोटको लात्तेबाजमा लु १ ज १२२९ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका सबै घाइतेलाई उपचारको लागि जिल्...

  • धरानमा बस पल्टियो – ४ जनाको ज्यान गयो

    सुनसरी, २५ चैत्र । धनकुटा बाट धरानतर्फ आउँदै गरेको बस धरानको जिरो प्वाइन्टमा दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । ज्यान जानेहरुको पहिचान खुलेको छैन । ना ६ ख २७१३ नम्बरको बस पल्टिएदा ४ जनाको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले इटहरीले जनाएको छ । बस पल्टँदा च्यापिएर ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ...

  • प्रधानमन्त्रीले भने– व्यापारीले झुक्याए

    काठमाडौं, २५ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी व्यापारीले झुक्याएको गुनासो गरेका छन्। नेपाल उद्योग परी संघको १६ औं वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले चिनी व्यापारीले कालाबजारी गरेको आरोप लगाएका हुन्।‘दशैँ, तिहारअघि विदेशबाट आएको चीनीका कारण नेपालको चिनी गोदाममै थन्कियो भनेर गुनासो गरेपछि चिनीको आय...

  • काठमाडौंमा चल्ने सार्वजनिक सवारीका साधनमा अब टिकट अनिवार्य

    काठमाडौं, २५ चैत्र । काठमाडौंमा चल्ने सार्वजनिक सवारीका साधनमा यात्रु टिकटलाई अनिवार्य गरिएको छ । हाल केही बस सेवा प्रदायकले मात्र यात्रुलाई टिकट दिने गरेका छन् । तर, काठमाडौं महानगरपालिकाले ऐनमै सार्वजनिक यातायात सञ्चालनमा कागजी वा विद्युतीय टिकट अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । कागजी टिकट प्रयोग गरिरहेकाहरुले प...

  • गैंडाको आक्रमणबाट चितवनमा पर्यटक घाइते

    चितवन, २५ चैत्र । चितवन राष्ट्रिय निकुञ्ज भित्र गैंडाको आक्रमणबाट दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जना विदेशी नागरिक र एक जना नेपाली गाइड रहेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराले जनाएको छ । जंगल वाकका लागि विहान ८ बजे निकुञ्ज भित्र गएका उनीहरु माथि गैंडाले आक्रमण गरेको हो । सौराहाबाट करिब ६ किलोमिटरभित्र द...

  • भाइको नाममा एसईई परीक्षा दिने दाइ पक्राउ

    लहान, २५ चैत्र ।  माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा भाइको स्थानमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको छ । मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा कल्याणपुर नगरपालिका–५ निवासी १९ वर्षीय अमनकुमार गोइतला...

  • कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    भक्तपुर, २५ चैत्र । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा जगातीबाट बनेपातर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको कारले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ । बा ४९ प ५४२७ नम्बरको मोटरसाइकललाई बा १९ प ५०८९ नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे बेथानचोक गाउँपालिका–६ ...

  • आफ्नै साथीबाट मानबहादुरको हत्या

    धनकुटा, २४ चैत्र । धनकुटा नगरपालिका निवासी मानबहादुर दर्लामीको हत्या भएको पुष्टि भएको छ। धनकुटा नगरपालिका २ भीरगाउँ निवासी २७ वर्षीय दर्लामीको शनिबार राति अस्वाभाविक ढंगले शव फेलापरेको जानकारी आएपछि प्रहरीले हत्याको आशंकामा अनुसन्धान शुरु गरेको थियो। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर ग...

  • सर्पले टोक्दा वृद्धाको मृत्यु

    जनकपुरधाम, २४ चैत्र । सप्तरीमा सर्पको टोकाईबाट ८० वर्षीया वृद्धाको मृत्यु भएको छ। सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका(१० बनौला घर भएको एक ८० वर्षीया वृद्धालाई सर्पले टोकेर घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा डाक्नेश्वर नगरपालिका(१० घर भएका कैलि ठाकुरको श्रीमती फुलकुन देवी ठाकुर रहेको प्रदेश प्रह...

  • धार्मिक– सांस्कृतिक पक्षको विकासमा ध्यान दिन राष्ट्रपतिको आग्रह

    सुनसरी, २४ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले विद्धान विद्युषीको पवित्र तपोभूमि यस पूर्व क्षेत्रमा रहेका धार्मिक तथा सांस्कृतिक पक्षको विकासमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताएकी छन। सुनसरीको इटहरीमा नवनिर्मित कलात्मक श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधामको आइतबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी ह...