
धनकुटा, २४ चैत्र । धनकुटा नगरपालिका निवासी मानबहादुर दर्लामीको हत्या भएको पुष्टि भएको छ। धनकुटा नगरपालिका २ भीरगाउँ निवासी २७ वर्षीय दर्लामीको शनिबार राति अस्वाभाविक ढंगले शव फेलापरेको जानकारी आएपछि प्रहरीले हत्याको आशंकामा अनुसन्धान शुरु गरेको थियो। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङका अनुसार दर्लामीको सगैँ बसेर मादक पदार्थ सेवन गरिरहेका विवाद भएपछि स्थानीय वर्ष २५ का छवि राना मगर र वर्ष १९ का रवि दर्लामीले उनको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको हो। उनीहरू दुवैलाई प्रत्यक्षदर्शी स्थानीय ५ र ७ वर्षका बालकहरूको भनाइका आधारमा पक्राउ गरिएको थियो। यता हत्या गरिएका दर्लामीको शव पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।





















