अर्घाखाँचीमा जीप दुर्घटना २ जनाको ज्यान गयो


अर्घाखाँची, २५ चैत्र । अर्घाखाँचीको नुवाकोटमा भएको जीप दुर्घटनामा २ जनाको घटनास्थलमै ज्यान गएको छ भने १२ जना घाइते भएका छन । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।

भूमिकास्थान नगरपालिका वडा नम्बर ८ नुवाकोटको लात्तेबाजमा लु १ ज १२२९ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका सबै घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल पठाउन थालिएको घटनास्थलबाट प्रहरी निरिक्षक गम्भीरजंग थापाले बताए ।

सन्धिखर्कबाट प्युठानको बरौला जादै गरेको जीप सडकबाट झण्डै एक सय मिटर तल खसेको हो । ज्यान गुमाउनेहरुको सनाखत हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार