विवाद र घरायसी मुद्धा बढे


कपिलवस्तु, १० साउन। कपिलवस्तुको बाणगंगा नगरपालिकाको न्यायिक समितिले आर्थिक बर्ष ०७५र०७६ मा परेका ४३ वटा मुद्धा मध्ये २३ वटा मुद्धा फछ्यौट भएको छ ।

न्यायिक समितिमा परेका विभिन्न उजुरीहरु मध्ये गत आर्थिक बर्षमा विवादित पक्षसंग छलफल गरी मुद्धा फछ्यौट गरिएको हो । गत आर्थिक बर्षमा न्यायिक समितिमा जम्मा ४३ वटा मुद्धा परेकोमा २३ वटा मुद्धा किनारा लागेको र १४ वटा मुद्धा बाँकी रहेको न्यायिक समिति संयोजक नगर उप–प्रमुख चक्रपाणी अर्यालले बताए ।गत आर्थिक बर्षमा जग्गा बिबाद १४ वटा मुद्धा, घरेलु हिसां १० वटा, रकम असुली ३ वटा, बकस बदर ३ वटा, निर्णय रोक्का ३ वटा , क्षतिपुर्ति २ वटा, नाता प्रमाणीकरण २ वटा, समन्ध बिच्छेद १, मिलापत्र १, छालफाल १, घर भाडा १ , बाटो सम्बन्धी १, चौकिल्ला फुकुवा १ वटा गरी जम्मा ४३ वटा मुद्धा रहेको र बाँकी १४ मुद्यालाई पनि छिट्टै फछ्यौट गर्ने अर्यालले जानकारी दिए । २०७४०७५ साल तुलनामा २०७५र०७६ सालमा बृद्धि भएको उनले स्पष्ट पारे । २०७४र०७५मा ४१ वटा मुद्धा परेका थिए जस मध्ये २३ वटा मुद्या फछ्यौट भएका थिए र १५ वटा बाँकी रहेको थियो ।

न्यायिक समितिले अधिकांस मुद्दामा मिलापत्र गरी टुंगाएको छ । जग्गा बिबाद र घरायसी मुद्दा बढी भएकाले मिलापत्रमा बढी जोड दिइएको छ । अदालतको न्यायलयमा लामो समय लाग्ने र मंहगो हुँदै गएपछि नागरिकलाई स्थानीय तहबाटै निःशुल्क र छिटो छरितो न्याय पाउन सहज भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार