‘सत्य र निष्ठापूर्वक काम गरिरहेको छु – प्रधानमन्त्री


काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी ओलीले आफूले सत्य र निष्ठापूर्वक काम गरिरहेको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले सत्य र निष्ठापूर्वक अघि बढन युवालाई आह्वान गरे।

ललितपुरमा आइतबार आयोजित नमूना युवा संसद बैठकको समापन गर्दै उहाँले सत्यसँग नडराउने नीति आफूले लिएको दोहोर्याए । प्रधानमन्त्रीले सत्ता र शक्ति अस्थायी भएकोमा आफू सचेत रहेको उल्लेख गर्दै देश विकासको काममा इमान्दार भएर लागि रहने प्रतिवद्धता गरेका छन् । उनले युवालाई भोलिको संसदलाई कस्तो बनाउने भन्ने विषयमा सोच्न आग्रह गरे ।

प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रले युवालाई देशलाई कसरी अघि बढाउने भन्ने विषयमा सोचेर अघि बढने अवसर दिएको स्मरण गराए । उनले आफू युवा हुँदा देशका लागि काम गर्न खोज्दा हत्कडीको सामना गर्नु परेको उल्लेख गर्दै आजका युवालाई त्यस्तो कठिनाई नरहेको बताए। प्रधानमन्त्रीले इमान्दार भएर अघि बढ्दा मात्रै सफलता हात पर्नेतर्फ युवालाई सचेत गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार