पहिरोले पुरेर एक महिलाको मृत्यु


रामेछाप, २७ असार । रामेछापमा अविरल बर्षासँगै आएको पहिरोले पुरेर आज एक महिलाको मृत्यु भएको छ । अविरल वर्षाका कारण घर नजिकै रहेको गोठमा भैसीलाई घाँस हाल्न जाने क्रममा रामेछाप नगरपालिका–५ रामपुरकी ४५ वर्षीया पदम कुमारी सुनुवारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले पदम कुमारीसँग एउटा भैसी पनि पहिरोले बगाएको जानकारी दिए । उनका अनुसार पहिरोको कारण ४५ बर्षिय असली सुनुवार घाइते भएकी छिन् । घाइतेको नजिकैको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार