च्याङ्गेमा आगलागी ३ घाइते, ६ लाख वरावरको क्षति


भोजपुर १३ पौष ।
भोजपुर जिल्लाको पूर्वी पौवादुम्मा गाउँपालीका वडा नं– ३ च्याङ्गेमा आगलागी हुँदा ६ लाख बराबरको क्षती भएको छ । बुधबार राती ९ः ४५ बजे विद्युत सर्ट भई आगलागी हुँदा स्थानीय पर्शुराम श्रेष्ठको फुसको छानो भएको २ तले  घर भित्र रहेको नगद ६० हजार, २ तोला चाँदि, अन्नपात, लताकपडा लगाएतका सामग्री जल्दा सो बराबरको क्षेती भएको हो ।

आगलागीमा परी श्रेष्ठ, उहाँकी २९ वर्षीय श्रीमती देवी माया श्रेष्ठ र ९ महिनाकी छोरी नवीना सामान्य घाइते भएको प्रहरीको भनाई छ । श्रेष्ठको आगलागीका कारण अनुहार श्रीमती नवीनाको दुवै खुटा् र छोरीको चिउडोका सामान्य क्षेती भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगो राती १२ बजे स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार