किन हुन्छ सोनमको फेसन सधै विवादित


सोनम कपुरलाई चिनाउने केहि विशेषण छन् । जस्तो कि, उनी एकताकाका चर्चित अभिनेता अनिल कपुरकी छोरी हुन् । अर्को चाहि फेसन डिजाइनर । उनलाई बलिउडकी टप फेशनिस्टा मानिन्छ । त्यही कारण हुनसक्छ, उनी फेसनमा नयाँ(नयाँ प्रयोग गरिरहेकी हुन्छिन् ।
गएको बर्ष स्टारडस्ट अवार्डको रेड कार्पेटमा सोनम कपुरमा सबैको ध्यान खिचियो । कारण थियो, उनको पहिरन । झट्ट हेर्दा नग्न जस्तो देखिने पहिरनमा ठाँटिएकी सोनमले जसै रेड कार्पेटमा पाइला राखे, हजारौं आँखा उनीतर्फ तेर्सिए ।
यो अपवाद थिएन । सोनमले थुप्रै पटक पहिरनको कारण चर्चा पाए, आलोचना पनि । खासगरी उनी बलिउड इभेन्टहरुमा यस्तो पहिरन लगाउँछिन्, जसमा छाती उदाङ्गो हुनेगर्छ । सोनमको बोल्ड गेटअपले जिब्रो टोक्न बाध्य बनाउँछ ।

फरक कोणको फोटो

उनी अनौठा पहिरनको कारण बिवादमा पनि तानिन्छन् । केहि समयअघि अंग्रेजी अखबारले उनको एक फोटो छापेको थियो, जसको एंगललाई लिएर विवाद भयो । उक्त तस्विर छापिएपछि सोनम निकै दुखी भएको बताइन्छ । कुनै कार्यक्रममा सहभागी हुन पुगेकी सोनम कालो पहिरनमा थिइन् । त्यही बेला फरक कोणबाट उनको फोटो खिचियो । उक्त फोटोमा उनको स्तन देखिएको थियो ।

फोटो सोशल मिडियामा भाइरल भयो । धेरैले सोनमको खिल्ली उडाए । अन्ततः उनले मुख खोल्नै पर्‍यो । सोनमले फेसबुकमै लेखिन्, ‘म आफ्नो पहिरनप्रति एकदमै सहज थिएँ । मैले केहि कामको पनि कुरा गरेकी थिएँ । तर, तपाईहरु केवल यो फोटोमा मात्र केन्द्रित हुनुहुन्छ ।’

बिहेको बोल्ड लुक्स

यस्तै, फेसन डिजाइनर शेला खानको ब्राइडल कलेक्सनका लागि सोनमले एक फोटोशुट गराइन् । उक्त पहिरनमा पनि उनी निकै कामुक देखिएकी थिइन् । उनले पहिरिएकी अफ शोल्डर चोलीप्रति दर्शकले आपत्ति जनाएका थिए ।

यसपाली सोनमले भोग म्यागजिनका लागि कभर फोटोशूट गराइन् । उक्त फोटो पनि विवादरहित भएन । आफैले इस्न्टाग्राममा पोस्ट गरेको उक्त तस्विरमा उनी निकै हट देखिएकी थिइन् ।

त्यसो त फेसनका सम्बन्धमा सोनमको आफ्नै तर्क र परिभाषा छ । उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘म सधै यो मान्छु कि, फेसनले केवल महिलालाई आकर्षक मात्र बनाउँदैन, आत्माविश्वास पनि जगाउँछ ।’
सोनम आफ्नो बुवाबाट फेसन सेन्स लिएर आएको बताउने गर्छिन् ।

सोनम भन्छिन्, ‘तपाई के लगाउन चाहनुहुन्छ, त्यसमा तपाईको निर्णय हुनुपर्छ । मैले लगाएको पहिरनमा अरुले के भन्छ भनेर उनीहरुकै हेराई अनुसार फेसन नगरौ । जस्तो कि, म गर्छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार