भोजपुरमा गठबन्धनबाट बाहिरियो जनता समाजवादी, एक्लै चुनाव लड्ने


भोजपुर, ६ बैशाख। पाँच दलिय गठबन्धनको निर्णयमा असमति जनाउदै जनता समाजबादी पार्टीले एक्लै चुनाव लड्ने जनाएको छ । गठबन्धन घटक अन्य पार्टीले घेराबन्दीमा पारेर पार्टीलाई सम्मान जनक पद नदिएकोले एक्लै चुनावमा जाने निर्णय भएको जनता समाजवादी पार्टीका सचिव नवराज काङमाङले जानकारी दिए । सचिव राईले भने,‘ हाम्रो पार्टीको हैसियत विपरित आज भएको निर्णय मान्य छैन । समन्वय समितिमा राख्ने भन्दै हामीलाई अन्य पार्टी ले घेराबन्दी पारेर निर्णय गरेको प्रति हाम्रो आपत्ती छ । सवै कुरा भोली पत्रकार सम्मेल गरेर सार्वजनिक गछौैँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार