अरुण गाउँपालिकामा एमालेबाट अध्यक्षमा नारायणप्रसाद घिमिरे र उपाध्यक्षमा कविता राई सर्वसम्मत उम्मेद्धार


भोजपुर ९ बैशाख । नेकपा एमालेले अरुण गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ । पालिका कमिटीको बैठकले यहाँ अध्यक्षमा नारायणप्रसाद घिमिरे र उपाध्यक्षमा कविता राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै मुलधारको राजनीतिमा प्रवेश गरेका घिमिरे ७४ चुनावमा पनि अरुणको अध्यक्षमा उठेका थिए । नेपाली कांग्रेसका गजेन्द्रबहादुर कार्कीसँग उनी ६०१ मतान्तरले पराजित भए । चुनावमा पराजित भएका घिमिरे अविचलितरूपमा पार्टी काम र जनताको सेवामा लागेकोले पुनस् उनलाई अघि सारिएको एमालेले जनाएको छ ।

कार्कीले २७२७ मत ल्याउँदा घिमिरेले २१२६ मत प्राप्त गरेका थिए । यहाँ माओवादीबाट अध्यक्ष उठेका विमल खड्का १४२० मत ल्याएर तेस्रो भएका थिए । सत्तारुढ गठबन्धनले जिल्लाको अन्य पालिका भागबण्डा गरिरहँदा अरुण गाउँपालिकामा भने एक्लाएक्लै भिड्ने निर्णय गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार