भोजपुर, १३ माघ ।
नेपालबाट कामको शिलशिलामा अमेरिका पुगेकोहरुले आफ्नो हकअधिकारको खोजी गर्न थालेका छन् । अमेरिकामा रहेका नागरिकहले लोकतन्तत्रमा अल्पसंख्यकको अधिकारको विषयमा छलफल तथा बहस कार्यक्रम चलाउने भएका छन् । स्टार स्कलर्स नेटवर्कले त्यहाँ रहेका नागरिकहरुलाई हक अधिकारको बारेमा जानकारी दिन जनवरी २९ मा कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ ।
स्टार स्कलर्स नेटवर्कका उपाध्यक्ष डा. कृष्ण विष्टका अनुसार नागरिकलाई अमेरिकामा रहेर आफ्नो हक अधिकारको खोजी गर्न सजक र जागरुक गराउन कार्यक्रमले भूमिका खेल्ने छ ।
उपाध्यक्ष विष्टले भने,‘ यहाँ धेरै नेपालीहरु विभिन्न कामको शिलशिलामा आएका छन् । कतिपय खण्डमा नेपाली नागरिकहरुले आफ्नो हक अधिकारको बारेमा जानकारी नपाउदा अधिकार विहिन बन्नु परेको अवस्था पनि छ । खास गरेर यहाँका अधिकांश नागरिकहरुले यसको बारेमा चासो नदिएको अवस्था पनि छ । हाम्रो कार्यक्रमको उद्धेश्य भनेको सकृय राजनितिमा लाग्नु पर्छ भन्दा पनि कम्तिमा आफ्ना जनप्रतिनिधिलाई कसरी चिन्ने, आफ्ना समस्याहरुलाई कसरी सम्बन्धित पक्षसम्म पु¥याउने, आफ्नो टोल क्षेत्रको अगुवा अर्थात लिडर्स को हो भनेर चिन्न सक्ने बनाउने हो ।’
शनिबार हुने कार्यक्रममा नेपाली चलचित्र जगतका सुपरस्टार राजेश हमाल विशेष अतिथिका रुपमा सहभागी हुने आयोजकको भनाइ छ । यस अघिका कार्यक्रममा भने वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहभागिता रहेको थियो । नेपाली समाज टेक्सास लगायतको आयोजनामा अन्तरक्रिया कार्यक्रम हुन लागेको हो ।
संस्थाका अध्यक्ष प्रा. डा उत्तम गौलीका अनुसार १७हजारबढी शोधकर्ताहरुको विश्वव्यापी सञ्जाल स्टार स्कलर्स नेटवर्कले स्थानीय तहदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमासमेत जनजागरणको कार्यहरु गर्दै आइरहेको छ।
न्यूयोर्क समयअनुसार बेलुका साढे ८ बजेदेखि साढे १० बजेसम्म हुने कार्यक्रममा विश्वका जुनसुकै कुनाबाट पनि सहभागी हुन सक्ने जनाइएको छ। कार्यक्रममा जुममार्फत सहभागी हुन सकिने र सहभागी पहिलो व्यक्ति नै कार्यक्रमको प्रमुख अतिथि हुने आयोजकले जानकारी दिएका छन् ।