
भोजपुर, ११ पौष ।
नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरको अध्यक्षमा ध्रुवराज रेग्मी सर्वसम्मत चयन भएका छन् ।
संगठनको १३ औं अधिवेशनबाट रेग्मीको अध्यक्षतामा खुल्ला उपाध्यक्ष हर्कराज राई, महिला उपाध्यक्ष सरस्वती राई,सचिव विष्णुकुमार राई र कोषाध्यक्ष तिरविक्रम दाहालसहित ३४ सदस्य कार्यसमिति चयन गरेको हो ।
नव निर्वाचित समितिले नयाँ संघीयता शिक्षा ऐन आउनु पर्नेसहित २५ बुँदे घोषणा पत्र जारी गरेको छ । संगठनको खुल्ला सत्र पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य शेरधन राईको प्रमुख आथित्यता तथा हंशराज शाहिको विशेष आथित्यतामा शनिबार शुरु भएको हो ।