
भोजपुर, १ जेष्ठ । कोरोना भाइरसको संक्रमणका कारण भोजपुरमा एकजनाको मृत्यू भएको छ । कोरोना संक्रमित भोजपुर नगरपालिका ९, पानीट्याङ्की ४२ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यू भएको हो ।
संक्रमितको अवस्था गम्भिर बन्दै गएपछि उनलाई शुक्रबार हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो । काठमाडौँको टिचिङ हस्पिटलमा राखेर उपचार गराउँदा गराउँदै गएराती उनको मृत्यू भएको पारिवारीक श्रोतले जनाएको छ ।
उच्च रक्तचाप, मधुमेहबाट पनि ग्रसित उनलाई स्वासप्रश्वासमा समस्या देखिएपछि गत वैशाख ३० गते जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कोरोना पुष्टि भएको थियो । अवस्थालाई हेरेर परिवारजनले काठमाडौँ लैजाने भनेपछि रेफर गरिएको स्वास्थ्य कार्यालय भोजपुर प्रमुख फणिन्द्र थापाले जानकारी दिए ।