उदयपुर । उदयपुरमा अज्ञात समूहले एक महिलामाथि छुरा प्रहार गरी फरार भएका छन् । बेलका नगरापलिका ९ कमलाबारी बस्ने अमर दर्जीकी ३० वर्षीया श्रीमती लक्ष्मी परियारमाथि धारिलो हतियार छुरा प्रहार भएको छ । अपरिचित व्यक्तिहरुको समूहले सोमबार राति परियारलाई चक्कुले प्रहार गरी फरार भएका हुन । परियारको देब्रे कोखामा छुराले लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेघराज अधिकारीले बताए ।
घाइते परियारको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । पति अमर दर्जी बैदेशीक रोजगारका लागि साउदी अरबमा रहेको छ भने घरमा १३ वर्षका एक छोरा र ४ वर्षकी एक छोरीसंगै सुती रहेको अवस्थामा सोमबार ११ बजे रातिको समयमा परियारमाथि छुरा प्रहार भएको थियो । घटनास्थलबाट प्रहरीले चक्कु र चप्पल बरामद गरेको प्रहरीले जानकारी दिए । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान एवं अभियुक्तहरुको खोजी कार्य गरिरहेको छ ।