छत्रेश्वरी गाउँपालिका–४ झिम्पेकी १९ वर्षीया यमुना केसीले चार वर्षीय छोरा समीर खत्रीको हत्या गरेको आरोपमा प्रहरीले आरोपित आमालाई पुस २९ गते गिरफ्तार गरेको छ । आरोपितले पुस २८ गते छोराको हत्या गरी घर नजिकै गाडेको खबर स्थानीयले दिएपछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट डिएसपी विरेन्द्रबहादुर शाहीको नेतृत्वमा प्रहरीको एक टो...
देश
-
-
चन्दा जुटाएर सङ्ग्रहालय निर्माण शुरु
म्याग्दी, ३० पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको करबाकेलीमा स्थानीयवासीले चन्दा जुटाएर सङ्ग्रहालय निर्माण शुरु गरेका छन् । करबाकेली संरक्षण तथा व्यवस्थापन समितिले म्याग्दी जिल्लामा बसोबास गर्ने सबै समुदायको पहिचान झल्कने दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्री सङ्कलन गरेर सङ्ग्रहालय नि...
-
भोजपुरमा पत्रकार आचारसंहिता सम्बन्धी अन्तरक्रिया
भोजपुर,२९ पुस । पत्रकार आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ भोजपुर शाखाको संयोजनमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । पत्रकारहरूमा सकारात्मक आचरणको विकास गराउन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउदै प्रेस काउन्सिलका सदस्य इश्वरी प्रसाद ओझ...
-
अवैध हतियार बनाउने पक्राउ
गुल्मी, २९ पुस । जिल्ला प्रहरी कार्यालय गुल्मीले धुर्कोट गाउँपालिका–३ हाडहाडेका ५१ वर्षीय शेरबहादुर जिसीलाई घरमै अवैधरुपमा आरन सञ्चालन गरी भरुवा बन्दुक बनाएको अभियोगमा पक्राउ गरेको छ । प्रहरीले आज यहाँ पत्रकार सम्मेलन गरी भरुवा बन्दुक बनाउन प्रयोग हुने सम्पूर्ण बन्दोबस्तीका सामग्रीसहित जिसीलाई सार्वजनिक गरेको छ । जिसी...
-
लमजुङमा भूकम्पको धक्का
लमजुङ, २९ पुस । लमजुङमा आज अपराह्न ४ बजेर १ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । उत्तरी लमजुङको सिम्पानी केन्द्रबिन्दु रहेको ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बेंसीशहरमा छोटो तर कडा झड्का महसुुस भएको थियो भने उत्तरी लमजुङको बाहुनडाँडादेखि दक्षिणको सुन्दरबजार नगरपाल...
-
भ्वाइस अफ मकालु–२०७५ हुने
संखुवासभा, २९ पुस । संखुवासभामा पहिलो पटक भ्वाइस अफ मकालु हुने भएको छ । सुरशाला म्युजिक एण्ड डान्स एकेडेमी खाँदबारीले गायन प्रतियोगिता भ्वाइस अफ मकालु गर्ने भएको हो । प्रतियोगिता प्रदेश नं. १ स्तरीय हुने एकेडेमीका अध्यक्ष कुमार अनुरागीले बताए । प्रतियोगिताको विभिन्न जिल्लाहरुमा यही माघ १ गते देखि अडिसन सुरु हुने अध्...
-
प्रहरीको गोली प्रहारबाट एक व्यक्तिको मृत्यु
बुटवल,२९ पुस । रुपन्देहीको शंकरपुरमा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृतक तस्कर समूहको एक सदस्य रहेको दाबी प्रहरीले गरेको छ । रुपन्देही प्रहरी प्रमुख हृदय थापाका अनुसार सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरीमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार तस्करको समूहले गोली हानेको थियो ...
-
जलेर एकको मृत्यु
खजुरा, २८ पुस । विद्युत् चुहिएर भएको आगलागीमा जलेर नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमानगरपालिका–९ स्थित बाँकेगाउँका ६२ वर्षीय निजामुद्दीन ढपालीको आफ्नै घरमा विद्युत् चुहिएर लागेको आगोले सुतेकै अवस्थामा मृत्यु भएको हो । आगलागीले ढपालीको कच्ची घर पुरै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आ...
-
दुर्घटनामा ३१ घाइते
धादिङ, २९ पुस । काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आज बिहान दुर्घटना हुँदा ३१ घाइते भएका छन् । अत्यधिक गतिमा गुडेको बा२ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् ।...
-
आमाछोरा मृत फेला
रुकुम २९ पुस । सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह र उनका २० महीनाका नाबालक छोरा एटियम शनिबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व ले जनाएको छ । उहाँ पुस २६ गते औषधि गर्न नेपालगञ्ज जाने भन्दै घरबाट निस्कनुभएको थियो । घरदेखि तीन किलोमिटर टाढाको उदीनढुङ्गा भन्ने जङ्गलमा छोरा झुन्डिएको ...






