छत्रेश्वरी गाउँपालिका–४ झिम्पेकी १९ वर्षीया यमुना केसीले चार वर्षीय छोरा समीर खत्रीको हत्या गरेको आरोपमा प्रहरीले आरोपित आमालाई पुस २९ गते गिरफ्तार गरेको छ ।
आरोपितले पुस २८ गते छोराको हत्या गरी घर नजिकै गाडेको खबर स्थानीयले दिएपछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट डिएसपी विरेन्द्रबहादुर शाहीको नेतृत्वमा प्रहरीको एक टोली घटनास्थल पुगेको छ ।
घटनास्थल पुगी गाडेको शव उत्खनन् गरी ल्याएको र पुस २९ गते नै शवको पोष्टमार्टम जिल्ला अस्पताल सल्यानमा गरिएको छ । छोराको हत्यको आशङ्कामा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी शाहीले जानकारी दिए । मृतक बालकका बुवा रोजगारीका लागि भारतमा बस्दै आएको र घटनाको थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।