कञ्चनपुर, ३ फागुन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटामा आज बिहान चट्याङ लागेर आमाछोरा घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार घाइते गौरा खत्री र उहाँका १४ वर्षीय छोरा दिपेश खत्री घाइते भएका छन् । घाइते दुबै जनाको झलारी बजारमा रहेको निजी मेडिकलमा उपचार भइरहेको...
देश
-
-
आगलागी हुँदा पाँच लाख बराबर क्षति
तुलसीपुर, ३ फागुन । आज बिहान चट्याङ परेर आगलागी हँुदा पाँच लाख बराबरको क्षति हुनुका साथै एक घाइते भएका छन् । दाङको गढवा गाउँपालिका–७ विजयपुरस्थित बालाराम विकको फुसले छाएको दुईतले कच्ची घरमा एक्कासि चट्याङ परी आगलागी हुँदा विककी श्रीमती ७४ वर्षीय मोती विक आगोले जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ...
-
सोह्र थान कौडासहित २३ जुवाडे पक्राउ
भरतपुर, ३ फागुन । जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टोलीले विहीबार राति जुवा खेलिरहेको अवस्थामा रकमसहित जुवाडे पक्राउ गरेको छ । प्रहरीले रु नौ लाख ३२ हजार ८१३ नगदसहित २३ जुवाडेलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक चिनीमाया तामाङको कमाण...
-
भेरी नदीमा बस खस्दा चार जनाको ज्यान गयो
जाजरकोट, ३ फागुन । बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ नम्बरको यात्रुवाहक बस भेरी नदीमा खस्दा चार जनाको ज्यान गएको छ । बिहीबार बेलुका जाजरकोटको भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजीकबाट बस भेरीमा खसेको हो । बसको चलानीअनुसार आठ जना यात्रु रहेको देखिएको प्रमुख जिल्ला अधि...
-
‘गरीबी निवारण र बेरोजगारी अन्त्यमा सबैको चासो आवश्यक’
दमौली, २ फागुन । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले गरीबी निवारण र बेरोजगारी अन्त्यका लागि सबैको चासो आवश्यक रहेको बताउनुभएको छ । नयाँ शक्ति नेपालले शुरु गरेको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ अभियानअन्तर्गत आज तनहुँ आइपुग्नुभएका डा भट्टराईले भानु नगरपालिका–९ बाइस जाँगरमा...
-
भोजपुरका चार विद्यार्थी संगठनद्धारा प्रजिअलाई संयुक्त ज्ञापन पत्र
भोजपुर, १ फागुन । भोजपुरका चार क्रियाशिल विद्यार्थी संगठनले समसामहिक विषयलाई समेटेर प्रमुख जिल्ला अधिकारी हिरादेवि पौडेललाई ज्ञापन पत्र वुझाएका छन् । विद्यार्थी संगठनहरुले ८ वुँदे माग सहित ज्ञापन पत्रमा वुझाएका हुन् । उनिहरुले ज्ञापन पत्र मार्फत सरकारी कर्मचारी तथा जनप्रतिनिधीका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्याल...
-
घडेरी बेचेर मिर्गौला रोगको उपचार
भद्रपुर, १ फागुन । गरीबीसँग कहिल्यै परास्त नभएका पाँचथर फाल्गुनन्द–१ का लोकनाथ श्रेष्ठले मिर्गौलामा लागेको रोगसँग लड्न आर्थिक रूपले हार मान्नुपरेको बताउनुभएको छ ।दुवै मिर्गौला काम नलाग्ने गरी खराब भएर हाल डाइलासिस गराइहनुभएका २८ वर्षीय श्रेष्ठले विदेशमा पसिना बगाएर आर्जन गरेको १० धुर घडेरी समेत बेचेर मिर्गौलाको उपचार ग...
-
चट्याङले टेलिकमको टावरमा क्षति हुँदा सेवा अवरुद्ध
बाजुरा, १ फागुन ।चट्याङ लागेर जिल्लाको छेडेदह गाउँपालिकामा रहेको नेपाल टेलिकमको रेडियो रिपीटरटावरमा चट्याङ पर्दा फोन सेवा अवरुद्ध भएको छ । खप्तड छेडेदह गाउँपालिका–७ छेडेदहको जङ्गलमा रहेको नमस्ते फोनको टावरमा चट्याङ लागेर क्षति पुगेको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिनुभयो । टावर र सोलारमा क्षति पुगेपछि सो क्षेत्रको...
-
हाब्रे प्रजनन केन्द्र स्थापना
पशुपतिगनर, १ फागुन । दुर्लभ वन्यजन्तु हाब्रे ९रेडपान्डा० को प्रजनन केन्द्र इलामको सन्दकपुर गाउँपालिकामा स्थापना भएको छ । जिल्लाको सन्दकपुर गाउँपालिका १, २ र ३ ९माईपोखरी–सुलुबुङ र माइमझुवा० को सङ्गमस्थल टप्पुमा प्रजनन केन्द्रको स्थापना गरिएको हो । कुकुर र जङ्गली जनावरका सिकारको जोखिममा परेपछि गाउँपालिकाले रेडपान्डाको उ...
-
उन्नाइस किसान सम्मानित
पाल्पा, १ फागुन । रैनादेवी छहरा गाउँपालिकाको चौथो गाउँसभाद्वारा १९ किसान सम्मानित हुनुभएको छ । गाउँपालिकाले कृषि क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मानित गरेको हो ।समाजका बेरोजगार युवालाई कृषि पेशामा आकर्षित गर्न सफल त्यस्ता नमूना किसानलाई नगद र प्रमाणपत्रसहित सम्मान गरेको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले ...








