भोजपुर, १ फागुन ।
भोजपुरका चार क्रियाशिल विद्यार्थी संगठनले समसामहिक विषयलाई समेटेर प्रमुख जिल्ला अधिकारी हिरादेवि पौडेललाई ज्ञापन पत्र वुझाएका छन् । विद्यार्थी संगठनहरुले ८ वुँदे माग सहित ज्ञापन पत्रमा वुझाएका हुन् । उनिहरुले ज्ञापन पत्र मार्फत सरकारी कर्मचारी तथा जनप्रतिनिधीका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने माग गरेका छन् ।
त्यस्तै जिल्लामा खाना पकाउने ग्याँसको मुल्य बढि भएकाले समायोजन गरिनुपर्ने, यातायातको भाडादर एकरुपता बनाउने पर्ने, विद्यार्थी वर्गले छुट पाउनुपर्ने, सरकारी नम्बरप्लेटका सवारीको दुरुपयोग रोकिनुपर्ने, डेढ वर्षअघि प्याउलीमा भएको ३ जना बालबालिकाको हत्याका दोषीलाई सार्वजनिक गरि कारवाही गर्नुपर्ने, बजार क्षेत्रलाई नगर मापदण्ड अनुसार बनाइनुपर्ने र बजार अनुगमनलाई नियमित गरिनुपर्ने विद्यार्थी संगठनको माग छ ।
अनेरास्ववियू, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम र विप्लव नेतृत्वको अखिल क्रान्तिकारी गरि ४ विद्यार्थी संगठनको ज्ञापन पत्रमा वुझाएका हुन् ।