कहाँ पुग्यो, बोक्सी आरोपमा कुटिएको घटनाको प्रहरी अनुसन्धान


स्थायी घर भएकी १८ बर्षिय राधा चौधरीलाई बोक्सीको आरोपमा निर्घात कुटपिट गर्ने कार्यमा संलग्न रामबहादुर चौधरीमाथी प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
घोडाघोडी–५ स्थित राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनतर राधामाथी बोक्सी आरोपमा यातना दिने अर्की महिला विष्णुमती चौधरी भने फरार छिन् ।
‘झाँक्री बाबा भन्ने रामबहादुर चौधरी पक्राउ परेका छन्, यातना दिने कार्यमा संलग्न अर्की एक महिलालाई खोजिररहेका छौं’ जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी सागर बोहराले भने, ‘बोक्सी आरोपमा जाहेरी आएको छ, हामी थप अनुसन्धान गरिरहेका छौं ।’

सुख्खड प्रहरी चौकीले घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको दबावमा जाहेरी दर्ता नगरेर खुलेसँगै प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी लिएर अनुसन्धान शुरु गरेको छ । पीडित परिवारले बोक्सीको आरोपमा जाहेरी दिएका छन् ।

‘अभियुक्तको बयानसँगै अनुसन्धानबाट थप तथ्य खुलाएर कानुनी प्रक्रिया अगाडी बढाउँछौं’ डिएसपी बोहराले भने, ‘बोक्सीको आरोप भन्ने नयाँ कानुन छ, हामीले त्यसमा मुद्दा दर्ता गरेका छौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार