भोजपुरको याङपाङ सहकारी सदस्य युक्त वडा घोषित..


भोजपुर, २७ पौष ।
भोजपुरको अरुण गाउँपालिका – एक याङपाङ सहकारी सदस्य युक्त वडा घोषणा भएको छ । २०६९ सालमा ५४ जना सदस्यबाट दर्ता भएको सहकारीमा याङपाङका सबै ६ सय ३२ घरधुरीका ६ सय ५४ जना सहकारीमा आवद्ध भएसंगै वडालाई विहिवार एक कार्यक्रमका बिच सहकारी सदस्य युक्त वडा घोषणा गरीएको हो ।
वडामा मर्सीकोर नेपाल,र सहमती संस्थाको सहकार्यमा विभिन्न समयमा १८ वटा साक्षरता कक्षा सञ्चालन गरीएपछि स्थानीयले सहकारीको महत्व बुझेर प्रोत्साहित भएपछि सबै आवद्ध भएको सहकारीका अध्यक्ष गणेश गौतमले वताए ।

सहकारीमा हाल नियमित बचत, ऐक्षिक बचत, खुत्रुके बचत र बाल बचत गरी ४ प्रकारको बचतको सुविधा रहेको छ । सहकारीमा हाल २४ लाख बचत रहेको छ ।

सहकारीमा आवद्ध भएका सदस्यले विषेश गरेर तरकारी खेती, वंगुर पालन, कुखुरा पालनका लागी ऋण लगेर त्यसतर्फ लगानी गरी आत्मानिर्भर भएको अध्यक्ष गौतमले वताए । त्यसैगरी संस्थाको ५ औं वार्षीक साधारण सभा पनि विहिवार नै सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार