भोजपुर च्याङ्ग्रेका डा. कृष्ण विष्टलाई अमेरिकी विश्वविद्यालयको रिसर्च अवार्ड


भोजपुर, ३ माघ ।
भोजपुरको पौवादुङमा गाउँपालिका ३  च्याङ्ग्रेमा जन्मिएका एक व्यक्तीले अमेरिकामा रिसर्च एण्ड स्कलरसिप अवार्ड जितेका छन्। मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत प्राध्यापकले डा. कृष्ण विष्टले विश्वविद्यालयले प्रदान गर्ने अवार्ड जितेका हुन् । च्याङ्ग्रेमा रहेको पञ्कन्या माध्यमिक विद्यालयबाट विष्टले २०५३ सालमा माध्यमिक शिक्षा पुरा गरेका थिए । विष्टले आफू पढेको पञ्चकन्या माविको शिक्षाको गुणस्तर सुधारको लागि विभिन्न समयमा सहयोग गर्दै आएका छन् । अमेरिकी नागरिकहरुलाई ल्याएर पोसाक वितरण गर्ने, पाठ्य सामग्री वितरण लगायत काम गर्दै आएका थिए ।

साथै विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्न भोलनटियर्स शिक्षकहरुकोसमेत व्यवस्था गरिदिएका थिए । पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले भने,‘उहाँले हाम्रो पञ्चकञ्या माविमा अध्यायन गर्नु भएको हो । यहाँ पढेको हिसाबले उहाँ अमेरिकामा रहेर पनि यो विद्यालयलाई सहयोग गर्दै आउनु भएको छ । साथै उहाँले हामीले थालेको अभियानलाई साथै दिँदै यस विद्यालयलाई नमूना विद्यालय बनाउन सहयोग गर्नेसमेत प्रतिवद्धता जनाउनु भएको छ ।उहाँको यो सफलताको लागि हामी सिङ्गो गाउँपालिकाबासीको तर्फबाट बधाई ज्ञापन गर्न चाहन्छौँ । ’
नेपालमा त्रिचन्द्र क्याम्पस र रत्नराज्यलक्ष्मी क्याम्पसमा उच्चशिक्षा हासिल गरेका डा.विष्टले अमेरिकाको आर्कान्सास स्टेट युनिभर्सिटीबाट एजुकेसन एण्ड लिडरसिप विषयमा पीएचडी गरेका छन्।
विज्ञानका विभिन्न विधाका अनुसन्धान र सोसँग सम्बन्धित अनुसन्धानात्मक आलेखले पाउने गरेको रिसर्च एण्ड स्कलरसिप अवार्ड यो बर्ष भने शिक्षा विषयअन्तर्गत एडभान्स्ड स्टडिज, लिडरसिप एण्ड पलिसीका प्राध्यापक रहेका विष्टले प्राप्त गरेका हुन्। विश्वविद्यालयको मूल्यांकन समितिले महिनौं लगाएर गरेको मूल्यांकनका आधारमा जनवरी १२ तारिकमा यो बर्षको अवार्ड घोषणा गरिएको थियो। प्रा.डा.विष्ट एजुकेशन एण्ड लिडरसिप विषयका अध्यापक हुन्। उनले यसबारे थुप्रै अनुसन्धानमुलुक लेखहरु प्रकाशित गरेका छन्। विश्वविद्यालयको अवार्ड जित्नका लागि अनुसन्धानमुलक लेखहरु प्रकाशित भएरमात्र पुग्दैन ती लेखहरुलाई अरुले सन्दर्भ सामग्रीका रुपमा उद्दृत गरेका पनि हुनुपर्छ।

अरु अनुसन्धाताहरुले साइटेसन गरेको कुरालाई पनि अवार्डका लागि एउटा आधार बनाइने गरिएको हुन्छ। मोर्गन स्टेट विश्वविद्यालय र मेरिल्याण्डको उच्च शिक्षा प्रणालीमा निकै महत्वपूर्ण मानिने यो अवार्ड नेपाली मूलका प्राध्यापकले पाएको यो पहिलो अवसर हो। डा.विष्ट ‘अनलाइन टिचिङ्ग एण्ड कोल्याबोरेटिभ रिसर्च अन ग्लोवल स्टुडेन्ट मोविलिटी इन्टरन्यासनल्ली’ भन्ने पछिल्लो अनुसन्धानका लागि पुरस्कृत भएका हुन्।
सो विश्वविद्यालयले रिसर्च, टिचिङ र सर्भिस गरी तीन क्षेत्रमा विशिष्टटा हासिल गरेका प्राध्यापकहरुलाई अवार्ड दिने गरेको छ। यीमध्ये विष्टले रिसर्च अवार्ड जितेका हुन् । । उनी गतबर्षमात्र सो विश्वविद्यालयको पूर्ण प्राध्यापक पदमा पदोन्नतिसमेत भएका थिए। डिसि नेपाल साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार