पौवादुङमा गाउँपालिकाको प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


भोजपुर, २७ पौष ।
भोजपुरको पौवादुङमा गाउँपालिकाको चालु आर्थिक वर्षको पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष किरण राईको अध्यक्षमा मंगलबार वडा न २ तिवारीभञ्याङको सभाहलमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा गाउँपालिकाले हालसम्म गरेको नीतिगत निर्णय तथा विकास निर्माण लगाएतको विषयमा प्रमुख प्रशासकिय अधिकृत रमेश राईले प्रतिवेदन प्रस्तुत गरेका छन् । गाउँपालिकाको यो अवधीमा ३१ दशमलव ६४ प्रतिशत वित्तिय प्रगति, ४५ दशमलव ०३ प्रतिशत भौतिक र १५ दशमलव ३१ प्रतिशत पुँजीगत प्रगति भएको प्रमुख प्रशासकिय अधिकृत राईले बताए ।

कार्यक्रममा बोल्द्रै गाउँपालिका अध्यक्ष किरण राईले जनताको आवश्यकताका आधारमा योजनाहरु संचालन भइरहेको बताए । गाउँपालिकाको सडक, विद्युत विस्तार, पर्यटन, कृषि, खानेपानी, स्वास्थ्य, शिक्षा लगाएत क्षेत्रमा जनताले अनूभुति गर्ने गरी योजनाबद्धरु रुपमा विकास भईरहेको जानकारी दिए । कार्यक्रमका उठेको सवालहरुको सरोकारवाला पक्षले जबाफ दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार