प्रदेश १ मा माओवादीका पदाधिकारी चयन गर्न ७ बजेदेखि मतदान


विराटनगर, ७ पौष । नेकपा माओवादी केन्द्रको प्रदेश १ को पदाधिकारी चयनका लागि पनि निर्वाचन हुने भएको छ । प्रदेश समितिको बैठकले अध्यक्ष, उपाध्यक्ष, सचिवसहितका पदाधिकारी टुंगो लगाउन नसकेपछि निर्वाचन हुन लागेको ।

निर्वाचन समितिका अनुसार बुधबार साँझ ७ बजेदेखि मतदान हुनेछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समिति संयोजक राजेन्द्र किरातीले जानकारी दिए ।

विराटनगरस्थित पार्टी कार्यालयमा हुने निर्वाचनमा पदाधिकारी चयनका लागि प्रदेश समितिका २५९ जनाले मतदान गर्नेछन् ।
माओवादी केन्द्रको प्रदेश समितिमा ९ जना पदाधिकारी रहने व्यवस्था छ । धेरै आकांक्षी भएका कारण सहमतिबाट पदाधिकारी चयनको प्रयास असफल भएको थियो ।
९ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी छन् । अध्यक्ष पदमा हर्कबहादुर लावती र मोक्साहाङ मेन्याङ्बो मुख्य दाबेदार देखिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार