अभौतिक साँस्कृतिक सम्पदाको संरक्षणमा जुट्दै युनेस्को


भोजपुर, ४ असोज ।
भोजपुरमा अभौतिक साँस्कृतिक सम्पदा संरक्षण सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । अभौतिक सम्पदालाई पहिचान गरेर विकास गर्दै देशको संस्कार, सस्कृति, रहनसहन, विभिन्न मान्यताहरु भावी पुस्तासम्म पु¥याउने लक्ष्यले कार्यक्रम गरिएको हो ।
युनेस्कोका अमूर्त साँस्कृतिक सम्पदा संरक्षण महासन्धि २००३ ले भाषा, परम्परागत शिल्पकारिता, सामाजिक अभ्यास, प्रस्तुति कला लगायत पाँच ओटा बृहत विद्याहरु प्रस्ताव गरेको युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारीले जानकारी दिनुभयो । सहायक महासचिव अधिकारीले भने,‘ युनेस्कोले पाँच ओटा अमूर्त विद्याहरुको प्रस्ताव तयार गरेर यसको संरक्षण र विकासमा लागको छ । यी अभौतिक सम्पदाहरु हाम्रो राज्यको सम्पती हुन् । यसको महत्वलाई बुझेर संरक्षणमा लाग्न आवश्यक छ ।’

दिंला, हतुवागढी, टक्सार लगाएत ठाउँको ऐतिहासिक महत्वको विषयमा युनेस्कोले खोजी गर्न सकिने जनाएको छ । दिंला ऐतिहासिक एंव धार्मिक स्थल रहेकोले यसको अनुसन्धान गर्नको लागि युनेस्कोको पहलमा विज्ञ समूहलाई ल्याउने योजना रहेको सहायक महासचिव अधिकारीले बताए । ‘दिंला एउटा ऐतिहासिक स्थल हो । यहाँबाट संस्कृत भाषाको विकासमा धेरै योगदान पुगेको छ । यसभित्र लुकेका थप अमूर्त भौतिक सम्पदाको अनुसन्धान गर्न विज्ञ समुह ल्याउने हाम्रो योजना छ,’ उनले भने ।
संस्कार,संस्कृति, मान्यता, भाषाधमर्, आस्था, विभिन्न जातजातीको रितिरिवाज आदिको खोजी तथा संरक्षण र विकास गर्न समुदायस्तरमा कार्यक्रम गरिएको हो । कार्यक्रमले यस्ता सम्पदाको विकासमा टेवा पुग्ने देखिएको छ । युनेस्कोले तीन दिने समुदायमा क्षमता अभिबृद्धि प्रशिक्षणको आयोजना गरेर यस्ता सम्पदाहरुको विषयमा जानकारी गराएको हो ।
प्रशिक्षण कार्यक्रमका सहभागी विष्णु कुमार राईले भने,‘ हाम्रो भोजपुरमा धेरै पक्षहरुमा विविधता छ । कतिपय त्यस्ता मान्यता आस्था, विश्वास, भाषा आदि लोप हुँदै गएको अवस्था छ । यस कार्यक्रममा सहभागी भएर ती कुरालाई कसरी संरक्षण गर्न सकिने रहेछ । कस्ता सम्पदा अभौतिक हुन् भन्ने विषयमा जानकारी पाईयो । यस्ता कुराहरुलाई भावी पुस्तासम्म पु¥याउनको लागि स्थानीय सरकारले योजनाबद्ध रुपमा काम गर्नु पर्ने देखियो ।’
पछिल्लो समयमा अभौतिक सांस्कृतिक सम्पदाहरु लोप हुने खतरा बढि रहेकोले यस विषयमा समुदायस्तरमा चेतना फैलाउन आवश्यक रहेको युनेस्कोका राष्ट्रिय आयोग सदस्य दिपक सरकारले बताए । उनले भने,‘ हाम्रो देशमा धेरै अभौतिक सम्पदाहरु छन् । कतिपय त्यस्ता सम्पदाहरु हराउने अवस्थामा पनि पुगेका छन् । यसको विकास गरेर नयाँ पुस्तासम्म पु¥याउनु पर्ने दायित्व हामीसँग छ । कतिपय भाषा, आस्था रितिरिवाज तथा मिथकहरु हराएको अवस्था पनि छ । यस्ता कुराहरुको संरक्षण गर्दै पर्यटनसँग जोडेर यहाँका स्थानीय तहहरुले धेरै राम्रो आर्थिक उपार्जन गर्न सक्छन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार