सप्तरी,१० माघ,। तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा सप्तरीमा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।जिल्लाको बोदे बर्साइन नगरपालिका २ जोगियास्थित बिसनपुर(बोदे बर्साइन सडक खण्डमा शुक्रबार राति मोटरसाइकल दुर्घटना भएको हो बिसनपुरबाट बोदेबर्साईनतर्फ जाँदै गरेको ३ जना सवार प्रदेश नम्बर २(०१(००१ प ६४०३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा मोटरसाइकलको बीचमा सबार खडक नगरपालिका ८ का १८ वर्षीय सुदीप चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई स्थानीय अस्पतालमा प्राथमिक उपचार गराई यूनिक अस्पताल रायपुरमा लगेर उपचार गराइरहँदा मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहले बताए ।दुर्घटनामा मोटरसाइकल चालक खडक नगरपालिका ८ बस्ने २७ वर्षीय शनी चौधरी र पछाडि सवार १८ वर्षीय दिवेश चौधरीको टाउको र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका छन् । दुवैको युनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।यसअघि दुई दिनमात्रै सप्तरीकै खडक नगरपालिकामा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईजनााको मृत्यु भएको थियो ।
मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
-
कार्तिक ३ गतेबाट बृहत्त हतुवागढी महोत्सव हुने
-
भोजपुरमा हर्षउल्लासका साथ भित्राइयो फुलपाती
-
राज्यमन्त्री राईद्धारा रु. एक लाखको ‘विरेन्द्र गुरुङ स्मृति’ अक्षय कोष स्थापना
-
पाँचधारेमा साहित्यिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न
-
वर्षातले टेम्केमैयुङ ९ मा विभिन्न संरचनामा क्षति
-
श्रमदानबाट सडक मर्मत गर्दै भोजपुरका हर्काबासी
-
पूर्वमुख्यमन्त्री राईद्धारा बाढी प्रभावित क्षेत्रको अनुगमन, झोलुङ्गे पुल बनाउन आर्थिक सहयोग गर्ने घोषणा
-
किरातेश्वर ढुङ्गे बगैँचामा पदमार्गसँगै संरचना निर्माण
-
स्थानीय तहका पशुशाखामा कार्यरत प्राविधिक तथा कर्मचारीसँग समन्वय बैठक सम्पन्न
-
Video Documentary Gharelu Office