बालिका करणी गर्ने भोजपुरका युवकलाई २० वर्ष कैद


भोजपुर, ७ माघ । जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २० वर्ष कैद र रु. ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो ।

श्रेष्ठलाई जिल्ला अदालत भोजपुरका न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले कैद र क्षतिपूर्तिको फैसला गरेको हो । त्यस्तै अदालतले सोही घटनामा संलग्न बालिकालाई ललाइफकाई केशरको घरसम्म लैजान सहयोग गर्ने सुनसरी इटहरी उपमाहानगरपालिका– २ भुल्केका खेमराज दमाइँलाई पाँच वर्ष कैद सजाय सुनाएको छ ।

सुन्दासले २०७६ साल भाद्र ८ गते भोजपुर नगरपालिका–१२ टक्सार कोटडाँडास्थित आफ्नै घरको कोठामा लगेर बालिकालाई जबर्जस्ती करणी गरेको कसुरमा प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई पीडित परिवारको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

दुई महिनाभित्र रेल सञ्चालनमा आउने  सरकारले करिब दुई महिनाअघि भारतबाट ल्याएको रेल सञ्चालनमा अझै अनिश्चितता देखिएको छ । जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि भारतबाट सरकारले रेल ल्याए पनि तयारी अभावका कारण अहिले थन्किएर बसेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनका लागि तयारी अगाडी बढाए पनि जनशक्ति अभाव, कानुन अभावदेखि अन्तरदेशीय अनुमतिसम्मका विषयका कारण ‘कहिलेदेखि सञ्चालन हुने ?’ भन्ने टुंगो लाग्न नसकेको हो ।
रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले दुई महिनाभित्र सञ्चालन हुने दाबी गरेका छन् । तर, भौतिक मन्त्रालयका अधिकारी भने विभिन्न कारण दुई महिनामा नै रेल सञ्चालन हुनेमा ढुक्क देखिएका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार