भोजपुरमा पहिरोको कारण विभिन्न ठाउँमा क्षति


भोजपुर, ५ असार ।
लगातारको वर्षाका कारण पहिरो जाँदा भोजपुर जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ । पहिरोका कारण पौवादुङमा गाउँपालिका वडा–५ सानोदुम्मा टिकाराम तामाङको घर पूर्णरुपमा क्षति भएको छ भने सोही वडाका चौहानबारीका जंगबहादुर तामाङकोे भान्सा घर पुरिएको प्रहरीले जनाएको छ ।
टिकारामको घरको गाह्रो भत्कीदा तामाङको ५ वटा कुखुरा मरेका छन् । घर भत्किएपछि उनको परिवार स्थानीय गजेन्द्र तामाङको घरमा गई बसेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरिक्षक प्रदिप लामाले जानकारी दिए ।यस्तै बर्षाको कारण आम्चोक गाउँपालिका वडा–१० पाङ्चामा रहेको लक्ष्मी माध्यामिक विद्यालयको पर्खाल भत्किदा बिद्यालयको शौचालयको सेफ्टि ट्याङ्की पूर्ण रुपमा क्षति भएको छ । त्यस्तै रामप्रसादराई गाउँपालिका वडा – ६ बैकुण्ठेमा रहेको स्वास्थ्य चौकी बैकुण्ठेको पनि पर्खाल लडेको छ । पर्खाल लडेपछि प्रहरी चौकी बैकुण्ठे जाने भित्री सडक अबरोध भएको छ ।
यसैबिच अरुण गाउँपालिका ४ ओदानेमा पहिरोका कारण बन्द भएको मध्यपहाडि लोकमार्ग एक तर्फी रुपमा सञ्चालनमा आएको छ । विहान करीब ९ः४५ बजे सडक भन्दा माथीबाट पहिरो झरेर अवरोध बनेको राजमार्ग दिउँसो १ बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको हो । पौवादुङमा गाउँपालिका वडा – २ स्थित तिवारीभञ्ज्याङमा पनि पहिरोका कारण बन्द भएको मध्यपहाडि लोकमार्गको सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार