हतुवागढीको १७ औँ गाउँसभा सम्पन्न, ४७ करोड ७० लाख बराबरको बजेट सार्वजनिक


भोजपुर, ८असार ।
हतुवागढी गाउँपालिकाको १७ औँ गाउँसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/ ८३ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभाले रु.४७ करोड ७० लाख ९४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।

सभामार्फत गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले वार्षिक नीति कार्यक्रम र उपाध्यक्ष सुनिता किरातीले आर्थिक विद्येयक ,विनियोजन विद्येयक, र आर्थिक वर्ष २०८२/८३ आयोजना तथा कार्यक्रमको बजेट वक्तव्य सार्वजनिक गर्नुभयो ।


सभामार्फत शिक्षा, कृषि तथा पशुपंछीलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो । शिक्षामा एक करोड ४५ लाख, सडकमा वडा र पालिका गरी करिव रु. दुई करोड, कृषि पशुपंछीमा ९२ लाख, प्रशासनिक भवन तथा फर्निचरमा एक करोड २५ लाख, दुई वटा वडा कार्यालय भवन निर्माणका लागि रु. एक करोड १० लाख बजेट विनियोजन गरिएको उहाँको भनाइ छ ।वडा नं ३ र  ८ को वडा कार्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरिएको हो । आगामी आर्थिक वर्षमा आन्तरिक आय रु ६७ लाख ९० हजार उठाउने लक्ष्य लिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार