
भोजपुर, १६ माघ । भोजपुरमा सहिद दिवस र नेपाली काङ्ग्रेसको १०० दिने विशेष अभियान समापन कार्यक्रम गरिएको छ । नेपाली काङ्ग्रेस जिल्ला समिति भोजपुरको आयोजनामा कार्यक्रम गरिएको हो । सहिद दिवसको अवसरमा सहिदहरुले देशका लागि पु¥याएको योगदानको विषयमा चर्चा गरिएको छ ।
नेपाली काङ्ग्रेसका जिल्ला सभापति तथा कोशी प्रदेश आर्थिक विकास समितिका अध्यक्ष विनोद बान्तावाको अध्यक्षतमा भएको कार्यक्रमको प्रमुख अथिति सामाजिक अभियान्ता तोरण कार्की रहनु भएको थियो । कार्यक्रममा काङ्ग्रेस प्रदेश समिति सदस्य तथा भोजपुर नगरपालिका मेयर कैलाश कुमार आले, काङ्ग्रेस जिल्ला उपासभापति गजेन्द्र बहादुर कार्की, महासमिति सदस्य तथा महासमिति प्रतिनिधिहरुको सहभागिता रहेको थियो । असोज महिनाबाट १०० दिने अभियान शुरुवात भएको थियो ।
यो अभियान अन्तर्गत संगठन सुधारका विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरिएको जिल्ला सभापति विनोद वान्तावाले बताउनुभयो ।“सहिद दिवस तथा हाम्रो अभियानको समापनको अवसरमा कार्यक्रम गरेका हौँ”सभापति वान्तावाले भन्नुभयो,“१०० दिने अभियानको क्रममा काङ्ग्रेस पाटीले नेपाली राजनितिमा पु¥याएको योगदानसँगै संठगन सुधारका लागि कार्यक्रमहरु गरेका छौँ ।”
कार्यक्रममा बोल्दै प्रमुख अथिति तोरण कार्कीले देशमा विकास र समाज रुपान्तरणको खाँचो रहेको औल्याउनुभयो । पछिल्लो समयमा आएर निर्वाचन प्रणाली खर्चिलो बन्दै भएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । देशमा विकासको लहर ल्याउनमा काङ्ग्रेसले अग्रसरता लिनु पर्ने उहाँको भनाइ छ । सवैले काङ्ग्रेस पार्टीलाई बलियो बनाउन आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने उहाँले बताउनुभयो ।