डिप्लोमा ईन्जिनिर्यस एशोसिएसनद्धारा शैक्षिक सामग्री वितरण


मनिराज पौडेल,भोजपुर, ११ जेठ ।
डिप्लोमा ईन्जिनिर्यस एशोसिएसन (डिन) जिल्ला समिति भोजपुरले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । डिन भोजपुरले प्राविधिक दिवसको अवसरमा बुधबार बहिरा आवशिय विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । यहाँका फरक क्षमता भएका विद्यार्थीहरुको पठनमा पाठनमा सहजता थप्ने उद्धेश्यले सामग्री वितरण गरिएको डिन भोजपुरका कार्यवाहक अध्यक्ष मन्दिप राईले जानकारी दिए । यहाँका १८ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार