
भोजपुर, २४ वैशाख ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शिक्षकहरुको हकहित विरुद्ध कदम चालेको भन्दै भोजपुरका शिक्षकहरुले विरोध जनाएका छन् । समितिले ‘२०७५ चैत्रपछि स्थायी भएका शिक्षकहरुका लागि अविलम्ब योगदानमा आधारित निवृतिभरण व्यवस्थाको थालनी गरियोस’् भन्ने बुँदा प्रति आपति जनाउदै शिक्षकहरुले विरोध जनाएका हुन् ।
उनीहरुले विज्ञप्ती मार्फत उक्त विषयमा नेपाल शिक्षक महासंघ जिल्ला समिति भोजपुर र अन्य घटक संघ संगठनको धारणा माग गरेका छन् । केन्द्रीय समितिले माग गरेको उक्त बुँदा शिक्षकहरुको हित विपरित रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
शिक्षकहरुको शनिबार भएको भेलाले उक्त कदप विरुद्ध चरणबद्ध अन्दोलनका कार्यक्रम तथा ध्यानकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । उक्त कदमको विरुद्धमा हर्कराज राईको संयोजकत्वमा ११ सदस्य संघर्ष समितिसमेत गठन गरिएको छ ।
विज्ञप्ती