शिक्षामा सुधार गर्न भट्टराईद्धारा पुन:नेपाल भ्रमण शुरु


भोजपुर, ७ पुस ।
‘सबको इच्छा सार्थक शिक्षा सफा मन सार्थक जीवन’ भन्ने नाराका साथ नेपालको शिक्षा सुधार्ने उद्देश्यसहित नबराज भट्टराई कोहमले फेरि नेपाल भ्रमण सुरु गरेका छन् । यात्री,लेखक,वक्ता तथा अभियन्तासमेत रहेका भट्टराईले नेपाल सहित विश्वका विभिन्न मुलुक भ्रमण गरिसकेका छन् । भ्रमणको क्रममा नेपाली शिक्षा व्यावहारिक, जीवनोपयोगी तथा सीप,संस्कार र प्रविधिले युक्त नभएको देखेपछि भट्टराईले भोजपुरकै सिंहदेवी प्रावि च्याङ्रे मोहोरियाबाट भ्रमण सुरु गरेका हुन् ।
यसअघि उनले भोजपुरकै नारायण प्रसाद भट्टराईसग नेपालका सबै जिल्ला, भारतका सबै राज्य र तीन केन्द्रशाशित प्रदेश, भुटान,म्यान्मार तथा चीनका केही भुभागको भ्रमण गरी नेपाल भ्रमणका सात सय तीस दिन,विश्व दृस्टि,तथा देखेको विश्व र नेपाल पुस्तक तथा नेपाल दर्शन र त्रिदेश दर्शन वृत्तचित्र सार्वजनिक गरिसकेका छन् ।
आफ्नो यात्रा मोटिभेसन मार्फत एक लाख युवा तथा विद्यार्थीलाई प्रेरित गर्ने उद्देश्य दुई वर्षमा पुरा गर्न सम्बन्धित सबैमा सहयोगका लागि हार्दिक अनुरोध गरेका छन् । यस दौरानमा उनले स्कुल कलेज ,विश्वविद्यालय, सरकारी कार्यालय तथा ब्यापारिक संघ संस्थामा मोटिभेसन वर्कशप, सेमिनार तथा क्लास दिनेछन् ।
रेडियो नेपाल, नेपाल टेलिभिजन देखि टाइम्स अफ इन्डिया, हिन्दुस्तान टाइम्ससम्म साथै देशविदेशका एफएम रेडियो टेलिभिजन,पत्रपत्रिका तथा अनलाइनले उनको अघिल्लो यात्राबारे कभर गरिसकेका छन् भने देशविदेशका संघ संस्थाले उनलाई पुरस्कृत तथा सम्मानितसमेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार