भोजपुर, ७ पुस ।
पौवादुङमा गाउँपालिकाको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई तथा बजेट समिक्षा कार्यक्रम सम्पन्न भएको छ । बुधबार गाउँपालिका केन्द्र च्याङ्गेमा कार्यक्रम सम्पन्न भएको हो ।
हालसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत प्रमुख प्रशासकिय अधिकृत नविन भट्टराईले गाउँपालिकाले यो अवधिसम्म गरेका काम, गाउँपालिकामा सञ्चालित योजना, नीतिगत निर्णय तथा हालसम्मको प्रगतिको विषयमा प्रतिवेदन पेश गरे ।
कार्यक्रममा स्थानीय नागरिकले उठाएका सवालको जबाफ दिदै गाउँपालिका अध्यक्ष किरण राईले पौवादुङमा गाउँपालिकाले यहाँको सबै क्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा काम गरिएको बताए । स्थानीय नागरिकबाट आएका सल्लाह सुझावले गाउँपालिकाको आगामी दिनका योजनालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने राईको भनाइ छ ।